Sunday, 14 April 2013

२०७० सालमा लुच्चा लफंगाहरु घट्ने

१ बैशाख, काठमाडौं । नयाँ वर्ष २०७० सालमा लुच्चा, लफंगाहरुको बाहुल्यता कम हुने ज्योतिषहरुले बताएका छन् । तोयानाथ पञ्चांगमा उल्लेख वाषिर्क फल अनुसार आउँदो वर्ष चोरी-डकैती-लुटपाट-हत्या-बलात्कार जस्ता अशोभनीय घटनाहरुमा पनि नियन्त्रणको अनुभूति हुनेछ । बलियाको ज्यादती बिरुद्ध निर्वलले न्याय पाउने र सामाजिक विसंगतिहरुमा सुधार हुने पनि पञ्चांगमा उल्लेख छ ।
यस्तै जनताका आधारभूत आवश्यकतामा राजनैतिक दलहरु गम्भीर नबन्ने बरु स्व.हितार्थमा विपक्षी समेतलाई धोका दिन सक्ने भविष्यवाणी गरिएको छ । यस्तै नयाँ वषृमा धार्मिक कार्यहरुले बढी नै प्रश्रय पाउने तथा आध्यात्मवादतर्फ आकषिर्त हुन चाहनेहरु पनि बढ्ने वाषिर्क भविष्यफलमा उल्लेख छ ।

पात्रोमा उल्लेख अन्य वाषिर्कफल यस्तो छ :
स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न होला । तर निदानका क्षेत्रमा अध्याधुनिक प्रविधिको विकासले फड्को मार्न थाल्नेछ । संक्रामक रोगव्याधीको जटिलतामा भने सफलता पाउन मुस्किलै होला ।
भौतिक पूर्वाधारको अभावमा प्रायःजासे सामुदायिक शैक्षिक संस्था गम्भीर प्रवितिका होलान , सरकारी सहयोगको प्राप्तीले मात्र शैक्षिक जगत उपलब्धीमूलक बन्न नसक्ला । अध्यापक अध्ययनकर्ताबीचको असमन्वयमा आउने कमीकमजोरीले विद्यार्थीहरु पढाईमा भन्दा राजनीतिक गतिबिधिमा सकृय होलान ।
यसवर्ष राजा वृहस्पति अर्थात गुरु तथा मन्त्री शनि ग्रहमा परेका छन् । राजा वृहस्पति तथा मन्त्री शनिको सम्बन्ध एकअर्कालाई समभाव राख्ने हुन्छ । राज र मन्त्री बीचको सम्बन्धले आपसी अविश्वास लगायत स्वार्थभावमा कमी गराउला । केही नवीन परियोजनाको सर्वसम्मत निर्णय भएपनि कार्यान्वयनपक्ष फितलो बन्ला ।
ठूला साना औधोगिक परियोजनाको निरन्तरताले बेरोजगारी समस्याको हल होला । वैदेशिक राष्ट्रको सहयोग कायमै रहला । व्यापार व्यवसाय अब्बल दर्जाको देखिएपनि आर्थिक स्थितिमा सुदृढता नआउला । भूमिको क्रय विक्रयले पनि खासै सन्तुष्टि दिन नसक्ला । कृषिजन्य पेशामा प्रशस्त सम्भावना देखिएला । जलचर तथा स्थलचर प्राणीको कारोबारे जीवन संचालनमा व्यापक प्रशन्नता छाउला । वैदेशिक रोजगारीले पनि अर्थतन्त्रको सुधारमा सहयोगै गर्ला ।
बहुमुल्य धानु सुनचाँदी र हिरामोतीको भाउ अस्थिर होला । खाद्यान्नको उत्पादन राम्रै भएपनि बजार खासै नियन्त्रित बन्न नसक्ला । औषधिजन्य पदार्थ लगायत रक्तवस्तुमा महंगी छाउला । दूध, घिउ, तेल आदिमा मूल्य घटेको भान पर्ला । किराना सामान र फलफूलको बजारमा उतारचढाबव आउला । अति आवश्यक वस्त्रहरुमा सामान्य रुपले भाउ घटेकै अनुभूति होला ।
वषर्ा कमी होला । जलवायु परिवर्तनको कुप्रभाव र तापक्रमको प्रतिकूलताले सर्वत्र अशान्ति छाउला । भूक्षय, भूस्कलन, भूकम्प आदि दैवीय विपत्ति लगायत स्थल तथा हवाई दुर्घटनाको प्रचूरतालाई नकार्न सकिँदैन ।
विद्यार्थी वर्ग नीति र नियममा बाँधिन सक्ने क्षमता घट्ला । कलाकार तथा साहित्यिकवर्गलको प्रगतिमा समस्या आउला । पत्रकारवर्गको सुरक्षामा खासै ध्यान नपुगेपनि पत्रकारहरुले आफ्नो पेशालाई मर्यादित बनाउने प्रयत्न गर्लान । मध्यमवर्गमा आर्थिक विषमता आउला । श्रमिकवर्गको सुख सुविधामा सम्बन्धित निकायबाट सद्भाव नपाउँदा खिन्नता छाउला ।
यस्तै ज्योतिष पण्डित दिव्यपुरुष ढकालको पात्रोमा उल्लेख वाषिर्कफल चाहिँ यस्तो छ :
शुभ र अशुभ दुवै ग्रह परेकाले राज्य प्रमुख, राज्य सञ्चालक तथा जनताको बीचमा परस्पर विवाद र द्वन्द्व बढ्ला । भुकम्प भूक्षयको तथा उल्कापात होला । राजयुद्ध होला, जनतामा हानी त्रास होला । कृषि उत्पादन राम्रो होला । मन्त्री शनिको कारणले जगत भयभित हुनेछन् । वर्षाको साथै रोगको संक्रमण बढ्ला । फलफूल तथा रसिलो वस्तुको उत्पादन राम्रो होला ।

No comments:

Post a Comment