Sunday, 14 April 2013

बहराइनमा पनि नयाँ बर्ष मनाइदै

मानामा १ बैशाख । नयाँ बर्ष २०७० सालको अवसरमा  आउने बैशाख ५ गते (अप्रिल १८) तारिक बिहीवार साँझ भब्य साँस्कृतिक कार्यक्रमको साथमा नयाँ बर्ष मनाइने भएकोछ। सदर्मुकाम मानामा स्थित डेलमन इन्टर नेशनल होटेलमा सो  कार्यक्रम आयोजना गरिएको हो। नेपाली क्लबले सो कार्यक्रम यसपाली मगर संघ बहराइनलाई  जिम्मेवारी दिएको छ ।
बहराइनमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई, दिदी बहिनिहरुलाई एकै ठाउँमा जम्मा गरी शुभ कामना आदान प्रदान गर्ने अभी प्रायले यस कार्यक्रमको आयोजना गरिएको हो। यस भन्दा पहिले पनि हर बर्ष यस्तो कार्यक्रम यहाँ हुँदै अाइरहेको छ। कार्यक्रममा यहाँ स्थित हर संगठन, सस्थाहरु बिच लोक साँस्कृतिक कार्यक्रमको प्रतियोगिता राखिएको छ। जसमा २ बिडी को प्रबेस टिकट राखिएको छ। भने सोही टिकटमा भाग्य चिट्ठा स्वरुप १० ग्रामको सुन राखिएको छ।
मगर संघ बहराइनले उपस्थितिको लागि सबै संगठनहरुलाई निमन्त्रणा पत्र पठाइ सकेकोछ। साथै यही समाचारलाई निमन्त्रणा मानी समस्त नेपाली साथीहरुलाई सो कार्यक्रममा सक्दो उपस्थिती जनाउनु हुन अनुरोध गरिन्छ।          

No comments:

Post a Comment