Saturday, 9 March 2013

भारतसँग प्रचण्ड खुशी, कोइराला रुष्ट

२६ फागुन, काठमाडौं । एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेससभापति सुशील कोइरालासँग शनिबार भारतीय नेताहरुले छुट्टाछुट्टै भेटघाट गरेका छन् । प्रचण्डले भारतीय नेतासँग भारतले खेलेको भूमिकाको प्रशंसा व्यक्त गर्नुभएको छ भने कोइरालाले चाँहि भारतले नेपालको लोकतान्त्रिक शक्तिलाई असहयोग गरी माओवादीलाई समर्थन गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
‘प्रचण्डले भारतीय नेताहरुसँग म भारत विरोधी होइन भन्दै दुई देशवीच रोटी र रबेटीको सम्बन्ध रहेको बताउनुभयो ।’
भारतीय नेतासँगै प्रचण्ड निवास पुगेका पत्रकार ऋषि धमलाले अनलाइनखबरसँग भन्नुभयो- ‘प्रचण्डले आफूलाई चीन प्रमणकबो निम्तो आएको तर त्यो भन्दा पहिले आफूले भारत भ्रमण गर्ने भारतीय नेतालाई बताउनुभयो ।’कांग्रेस सभापति कोइरालाले भने भारतीय नेताहरुसँग लोकतान्बिक शक्तिलाई असहयोग गरेर माओवादीलाई सघाएकोमा रोष व्यक्त गर्नुभयो । उहाँले एकपटक माओवादीको सत्ता आयो भने भारतलेसमेत दुःख पाउने चुनौती दिनुभयो । भारतीय नेताले आफूहरुले दिल्ली फर्केर यसबारे नेताहरुसँग कुरा राख्ने कोइरालालाई आश्वासन दिएको धमलाले बताउनुभयो ।
बिहान साढे ९ बजे कोइराला निवासमा र त्यसलगत्तै सवा १० बजे प्रचण्ड निवास पुगेका भारतीय नेताहरुमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोली, जनता दल युनाइटेडका महासचिव केसी त्यागी र सत्तारुढ कांग्रेस आइका केन्द्र्रीय सदस्य प्रकाश चौधरी लगायतको टोली सहभागी थियो । तीनदिन अघि नेपाल आएको भारतीय नेताहरुको टोलीले राष्ट्रपति डा. रामवरण यादव,एमाले नेता केपी ओली, माधव नेपाल, कांग्रेस नेता शेरबहादुर देउवा र मधेसी मोर्चाका नेताहरुसँग पनि भेट गरिसकेको छ । भारतीय नेताको टोली शनिबारै दिल्ली र्फकँदैछ । भारतीय नेताहरुको टोली नेपालबाट शनिबार फिर्ता हुने कार्यक्रम रहे पनि प्रधानसेनापति गौरबसमशेर राणाको निम्तोमा नेपाल आएको भारतीय पूर्व सेनापतिको टोली भने शिवरात्री मनाएर मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।

No comments:

Post a Comment