राजविराज, चैत्र १६ । सप्तरीका जगतपुर र वरही गाविसमा आज भएको आगलागीबाट १० घर जलेर
नष्ट भएका छन् । आगलागीबाट लाखौ रुपैयाँको क्षति भएको जनाइएको छ । जगतपुर ३ का
लक्ष्मी रामको घरमा खाना पकाउने क्रममा लागेको आगोेबाट उनका दुई भाई विनोद र विपीन,
तथा छिमेकीहरु विनोद कर्ण र रघु राम लगायतका ८ वटा घर जलेर नष्ट भएको ईलाका प्रहरी
कार्यालय कञ्चनपुरले जनाएको छ ।
राजविराज नगरपालिकाको वारुण यन्त्र, सशस्त्र प्रहरी, नेपाली सेना, जनपद प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।
राजविराज नगरपालिकाको वारुण यन्त्र, सशस्त्र प्रहरी, नेपाली सेना, जनपद प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।
No comments:
Post a Comment