Thursday, 28 March 2013

संघीयताले देश टुक्रन्छ भन्नु मूर्खता : शेर्पा

१५ चैत, इलाम । नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय महासचिव आङ्काजी शेर्पाले संविधानसभा पुनःस्थापना गर्नु नै उत्तम विकल्प हुने बताउनुभएको छ ।
आदिवासी पत्रकार सङ्घ (अनिज) ले बिहीवार बिहान इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा शेर्पाले मुलुकमा संविधानसभाको निर्वाचनको नाटक गरेर रु नौ अर्ब बालुवामा पानी खन्याएजस्तै बनाउन लागिएकाले त्यो भन्दा संविधानसभाको पुनःस्थापना गर्नु राम्रो उपाय भएको बताउनुभयो । सङ्घीयताले देश टुक्रन्छ भन्नु महामुर्खता हो भन्दै पहिचानसहितको सङ्घीयता र संविधानसभाबाटै नयाँ संविधान भन्ने आफ्नो माग रहेको शेर्पाले बताउनुभयो । रासस

No comments:

Post a Comment