
नेकपा माओवादीले बन्द आव्हान गरेकोले आजको खेल समय भने परिवर्तन गरिएको छ । आजको पहिलो खेल बंगलादेश र नर्दन मारीयाना आईल्याण्डका विच सवा ३ बजे हुनेछ । नेपालको खेल भने साँझ सवा ६ बजे मात्रै सुरु हुनेछ ।
समुहमा लगातार दुई जीत हात पारेको प्यालेस्टाइनको ६ अंक छ भने आयोजक नेपाल र बंगलादेशको ३-३ अंक छ । यस्तोमा बंगलादेशले आज समुहको सबैभन्दा कमजोर टोली नर्दन मारीयाना आईल्याण्डको सामना गर्नेछ ।
चार टिम सहभागी समूह डीमा शिर्ष स्थान हात पार्ने टोली फाईनल चरणमा प्रवेश गर्नेछ । चारवटा छनौट समुहमध्येबाट उत्कृष्ट तीन उपविजेता टोली पनि मालदिभ्समा अर्को वर्ष हुने प्रतियोगिताको लागि छनौट हुनेछन् ।
No comments:
Post a Comment