२३ फागुन, सउल(दक्षिणकोरिया) । धरान सुनसरिका २९ बर्षय निशान श्रेष्ठ पांच बर्षको कोरिया बसाईपछि नेपाल फर्कदै छन । उनी कोरियामा पैसा कमाएको खुशिमा त छँदै छन, त्यो भन्दा बढि उनी कोरियाली सरकारले उनलाई दिएको सम्मानबाट हर्षित छन । रगत पसिना बगाएर श्रम गरेका श्रेष्ठलाई कोरिया सरकारले “राम्रो चरित्र भएको बिदेशि”को प्रमाणपत्र दिएको छ ।
कोरियाको उन्याङ्ग उन्छनमा एक प्लास्टीक कम्पनीमा कार्यरत निसानले छनान प्रहरी कार्यलयबाट त्यस्तो प्रमाण पत्र पाएका हुन । ईटहरि ८ का ३२ बर्षिय रोसन श्रेष्ठले पनि यस्तै प्रमाणपत्र पाए छन । उनले कोरियाको फेन्तेकस्थित एक मेटल कम्पनीमा सात बर्ष बिताए ।
प्रमात्रपत्र देखाउँदै रोशनले भने ‘हामीले प्रवासमा पाएको यो प्रमाणपत्रले नेपालीहरुको ईमान्दारको छविलाई अझ उचाइमा पुर्याएको छ ।’ इमान्दारिताको यो पहिचानलाई कहिले पनि चुक्न नदिने र जहाँ गएपनि बचाइराख्ने रोशनले बताए । उनले भने- ‘राम्रो काम र चरित्रको सम्मान जाहा पनि हुँदो रहेछ ।’
कोरियिाली सरकारले बिदेशि कामदार हरुलाई त्यस देशको नियमलाई पुर्णरुपमा पालन गरि सबै समय बिताएको अवस्थामा उक्तप्रमाण पत्र दिने गरेको छनान बिदेशि सहयोग केन्द्रकी गीता राईले बताउनुभयो । हालसम्म यस केन्द्रबाट आठ जाना नेपालीले उक्त प्रमाणपत्र पाईसकेका छन । उक्त प्रमा पत्रले पुनः कोरिया प्रवेश र नेपालस्थित कोरियन कंम्पनिमा काम गर्न प्रथमिकता पाउने राईले बताउनुभयो । कोरियामा बिदेशि कामदारहरुलाई राम्रो काम गरे बापत कोरियन कंम्पनिले र गैरकानुनी काम नगरि बसे कोरियाली प्रहरीले यस्ता प्रमाण पत्र दिने गरेका छन ।
No comments:
Post a Comment