२९ फागुन, काठमाडौं । प्रमुख दलहरुले भोलिसम्ममा
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनको तयारी गरेका छन्
। विशेष समितिको सचिवालय बानेश्वरमा बसेको चार दलका
शीर्ष नेताहरुको बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले भोलिसाँझसम्ममा सरकार गठन
गर्ने तयारी भइरहेको जानकारी दिनु भयो । उहाँका अनुसार लडाकूको दर्जा निधारणमा
सहमति जुट्न बाँकी छ भने सत्य निरुपण आयोग गठनबारे अन्तिम मस्यौदा बनाउन कार्यललले
केही समय मागेको छ । चार दलका शीर्ष नेताहरुले चुनावी सरकार गठनका लागि
भएको तयारीबारे विघठित संविधानसभामा रहेका दलहरुलाई जानकारी गराएका छन् ।
No comments:
Post a Comment