Wednesday 4 June 2014

लामाद्वारा पदबहाली

lama
काठमाडौ, जेष्ठ २१ - युवराज लामाले मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य-सचिवमा पुनः पदबहाली गरेका छन् । सर्वोच्च अदालतले सोमबार सदस्य-सचिव लामासहित छ सदस्यलाई पदबाट तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेपछि उनी पुनः पदमा फर्केका हुन् ।
पदावधि समाप्त भएको भन्दै युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले जेठ २ गते लामासहित छ सदस्यलाई बर्खास्ती गर्ने निर्णय गरेका थिए । त्यसपछि उनीहरू जेठ ४ गते पुनर्बहालीको माग गर्दै अदालत पुगेका थिए । लामाको बर्खास्तीपछि युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चूडामणि पौडेलले सदस्य-सचिवको कार्यभार सम्हालेका थिए । राखेप परिसरमा नेपाल खेलकुद महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघका सदस्यहरूको नाराबाजी र कालो झन्डा प्रदर्शनबीच प्रहरी सुरक्षाका बीच कार्यकक्ष पुगेका लामाले पदबहालीपछि सर्वोच्च अदालतको फैसलाले आम खेलकुद क्षेत्रले न्याय पाएको बताए । उनले जेठ २६ गते सर्वोच्चले गर्ने निर्णय आफूलाई मान्य हुने बताए  ।

No comments:

Post a Comment