Monday 20 January 2014

मातृभाषामै सपथ लिन संघीय समाजवादी पार्टीको निर्देशन

काठमाडौं, माघ ६ - संघीय समाजवादी पार्टी नेपालले आफ्ना पाँच सभासद्लाई मातृभाषामै शपथ लिन निर्देशन दिएको छ । महाराजगन्जस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको महासचिव राजेन्द्र श्रेष्ठले जनाएका छन् ।
fsp'संविधानसभामा पहिचान र संघीयता पक्षको संगठित नेतृत्व गर्नुपर्ने निर्णय भएको छ,' महासचिव श्रेष्ठले भने, 'आ-आफ्नो मातृभाषामा सपथ लिन निर्देशन दिएका छौं ।' उक्त पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको अध्यक्ष अशोक राई, राधादेवी तिमिल्सिना, उर्मिलादेवी साह, डिलबहादुर नेपाली र कासिम अलि सिद्धिकीलाई संविधानसभामा प्रतिनिधित्व गराएको छ ।
जसअनुसार अध्यक्ष राईले बान्तावा राईमा, साहले मैथिलीमा, सिद्धिकीले अवधीमा र अन्यले नेपाली भाषामा सपथ लिनेछन् । 

No comments:

Post a Comment