काठमाडौं १५ असार, काँक्रेविहार घटनालाई लिएर बौद्धमार्गीहरुले सिंहदरबार ठप्प पारेका छन् । काक्रेविहारमा बुद्धको मुर्ति स्थापना गर्न नदिएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका काक्रेविहार सरोकार समितिले मंगलबार सिंहदरबार घेराउ गरी ठप्प पारेको हो । उनीहरुले गरेको सिंहदरबार घेराउले दुईघण्टा सवारी आवागमन ठप्प भएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघको आब्हानमा काक्रेविहार सरोकार समितिले माईतिघर मण्डला, कालिकास्थान अनामनगर, भद्रकाली पद्मोदय मोड लगायतका स्थानबाट सिंहदरबार घेराउ गरेका हुन् । धार्मिक विभेद अन्त्य गर, धार्मिक समानता कायम गर, धर्मनिरपेक्षता सिद्धान्तसंग बाझिने सम्पुर्ण ऐन, कानुन खारेज गर लगायतका नारा लगाउदै बौद्धमार्गीले सिहदरबार घेरेका थिए ।
जनजाति महासंघको आब्हानमा बौद्धमार्गीले सिंहदरबार घेराउपछि कोणसभागरी गरेका थिए । काक्रेविहार घटनालाई लिएर काक्रेविहार सरोकार समितिले सरकार समक्ष विभिन्न मागहरु राखेका छन् । आफ्ना मागलाई सम्बोधन गर्न पटक–पटक सरकारसंग माग गरेपनि सुनुवाई नभएपछि बौद्धमार्गीहरु आन्दोलित भएका हुन् । काक्रेविहार घटनालाई लिएर सोमबार अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले दोश्रो चरणको आन्दोलन स्थगित गर्न आग्रह गर्नुभएको थियो । तर मन्त्रीपरिषदबाट आफ्ना मागको सुनुवाई नभएसम्म आन्दोलनलाई निरन्तरता दिने भन्दै काक्रेविहार संयुक्त सरोकार समिति मंगलबार सिंहदरबार घेराउ गरेको हो ।


नेपाल आदिवासी जनजाति महासंघको आब्हानमा काक्रेविहार सरोकार समितिले माईतिघर मण्डला, कालिकास्थान अनामनगर, भद्रकाली पद्मोदय मोड लगायतका स्थानबाट सिंहदरबार घेराउ गरेका हुन् । धार्मिक विभेद अन्त्य गर, धार्मिक समानता कायम गर, धर्मनिरपेक्षता सिद्धान्तसंग बाझिने सम्पुर्ण ऐन, कानुन खारेज गर लगायतका नारा लगाउदै बौद्धमार्गीले सिहदरबार घेरेका थिए ।जनजाति महासंघको आब्हानमा बौद्धमार्गीले सिंहदरबार घेराउपछि कोणसभागरी गरेका थिए । काक्रेविहार घटनालाई लिएर काक्रेविहार सरोकार समितिले सरकार समक्ष विभिन्न मागहरु राखेका छन् । आफ्ना मागलाई सम्बोधन गर्न पटक–पटक सरकारसंग माग गरेपनि सुनुवाई नभएपछि बौद्धमार्गीहरु आन्दोलित भएका हुन् । काक्रेविहार घटनालाई लिएर सोमबार अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले दोश्रो चरणको आन्दोलन स्थगित गर्न आग्रह गर्नुभएको थियो । तर मन्त्रीपरिषदबाट आफ्ना मागको सुनुवाई नभएसम्म आन्दोलनलाई निरन्तरता दिने भन्दै काक्रेविहार संयुक्त सरोकार समिति मंगलबार सिंहदरबार घेराउ गरेको हो ।


No comments:
Post a Comment