Friday, 14 June 2013

आगामी साता स्वरोजगारका लागि ५० करोड बाँडिने

काठमाडौं, जेष्ठ ३० । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले आगामी साता विभिन्न सहकारीलाई ५० करोड रुपैयाँ बाँड्ने भएको छ । ७३ जिल्लाका एक हजार तीन सय ११ वटा सरकारीको आवेदन परेकोमा यसअघि ६० करोड रुपैयाँ कोषले उपलब्ध गराइसकेको छ ।
आगामी साता स्वरोजगारका लागि ५० करोड बाँडिने
विहीबार राजधानीमा आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक विनोद गुरागाँईले आवेदन दिने मध्ये छानिएका सहकारीलाई आगामी साता ५० करोड रुपैयाँ दिन लागिएको बताएका हुन् ।
स्वरोजगार अभियानका लागि सहकारी नै उपयुक्त माध्यम भएकाले सहकारी मार्फत रकम दिदै आएको उनको भनाई छ । बैंकहरुले उचित रुपमा रकम पु¥याउन नसकेकाले सहकारी नै उपयुक्त माध्यम बनेको दाबी गुरागाँईको छ ।
उनले सहकारी अनुगमनलाई प्रभावकारी बनाउन अनुगमन समिति गठन गरिरहेको पनि दाबी गरे । कोषले हालसम्म ५ सय ५९ सहकारी मार्फत ६० करोड रुपैयाँ प्रदान गरिसकेको छ भने १६ हजार युवा स्वरोजगार भएको जनाएको छ । ५ सय ५९ मध्ये एउटा सहकारी कारबाहीमा परेको कोषले जनाएको छ । 

No comments:

Post a Comment