सन्तकुमार चौधरी
२७ बैशाख, चितवन । नेपाल आदिवासी जनजाति महासंघले आफ्नो शनिबारबाट चितवनमा
शुरु हुने आफ्नो आठौं राष्ट्रिय महाधिवेशनमा मुख्य चार राजनीतिक दलका शीर्ष
नेताहरुलाई सहभागी गनराउने भएको छ । आदिवासी जनजातिको मुद्दामा राजनीतिक दलहरुले
भ्रम फैलाएको भन्दै महासंघ अध्यक्ष राजकुमार लेखीले चारै दलका शीर्ष नेताहरु
प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाल र विजयकुमार गच्छदारलाई कार्यक्रममा निम्तो
नगरिएको बताउनुभयो ।

अधिवेशनको उद्घाटन उपराष्ट्रपति परमानन्द झाबाट
गराइने भएको छ ।आदिवासी जनजाति पत्रकार संघ (अनिज) चितवनले आयोजना गरेको पत्रकार
भेटघाटमा अध्यक्ष लेखीले चारनेता प्राइभेट लिमिटेडले नयाँ शैलीमा भ्रष्टाचार गर्दै
राजतन्त्र फर्काउने खेलमा लागेको आरोप समेत लगाउनुभयो । अध्यक्ष लेखीले राष्ट्रपति
र चार दलका शीर्ष नेताका कारण देशमा सैनिक शासनको खतरा बढेको बताउनुभयो ।
महाधिवेशनको उद्घाटनपूर्व शुक्रबार चितवनको
भरतपुरमा मोटरसाइकल र्याली निकालिएको छ । महाधिवेशनको अन्तिम तयारीसहित सर्वसाधारण
भरतपुरमा उतार्न चार दर्जन ठूला यात्रुवाहक बस चितवनका गाउँ गाउँ पठाइएको महासंघले
जनाएको छ । महाधिवेशन सफल पार्न देशभरका ७१ जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षकहरु
भरतपुर पुगिसकेका छन् । महाधिवेशनका लागि एक महिना अघिदेखि तयारीमा जुटेको महासंघले
बढ्दो गर्मीलाई बेवास्ता गर्दै चितवनलाई बेहुली झैं सिंगारेको छ ।
सौराहाका होटलमा ३ सय कोठा
बुकिङ
महाधिवेशनमा सहभागी प्रतिनिधि एवं
पर्यवेक्षकहरुका लागि खाना तथा आवासका लागि चितवनको सौराहामा विभिन्न होटलहरुमा ३
सयवटा कोठा बुकिङ्ग गरिएको छ । महासंघको बन्द सत्र भने पर्यटकीय क्षेत्र सौराहामा
आईतबार र सोमबार हुने छ । महाधिवेशनले १३ सदस्यीय सचिवालय पदाधिकारी समेत चयन गर्ने
छ ।
तेइस वर्षपछि पहिलोपटक राजधानी बाहिर हुन लागेको
महाधिवेशनको उद्घाटन सत्रमा ७१ जिल्लावाट पाँच सय पर्यवेक्षक र प्रतिनिधिहरु
शनिबारबाट आफ्नो छाता संगठनको नयाँ नेतृत्व चयन गर्न जुट्ने छन् । भरतपुरको
वीरेन्द्र वहुमुखी क्याम्पस परिसरमा हुनेछ ।महाधिवेशनको उद्घाटनमा एमाओवादीका
वर्षमान पुन, माओबादीका नेता रामबहादुर थापा, समाजवादी जनता दलका अध्यक्ष अशोक
राईलगायतका नेतालाई भने बोलाइएको छ ।
No comments:
Post a Comment