Saturday, 16 March 2013

आगलागीमा ६ घर जल्यो, पौने २ करोडको क्षति

धनकुटा, चैत्र ३ - धनकुटा बेलाहारा गाविस वडा नं ८ मुलघाटमा शुक्रबार राति भीषण आगलागी हँदा ६ वटा घरहरु जलेर नष्ट भएका छन् । आगलागीबाट पौने २ करोड बराबरको सम्पत्ति क्षति भएको छ ।
fireबलबहादुर श्रेष्ठको दुईवटा घर, थामबहादुर थापा, रेखा थापा, रितु थापा र तिलक खत्रिको घरमा आगलागी भएको हो । शसस्त्र प्रहरी वल धनकुटाका प्रहरी नावय उपरीक्षक कृष्ण ढकालका अनुसार राति करीव साढे १० बजे तिर बलबहादुर श्रेष्ठको घरबाट सुरु भएको थियो ।

आगो निभाउन धरान र दमकबाट दमकल ल्याएर मध्य राति मात्र नियन्त्रणमा ल्याइएको ग्यास सिलिन्डरहरुले आगो निभाउन ज्यादै कठिन परेको प्रहरी प्रमुख एस्पी सुर्यप्रसाद उपाध्यायले बताए ।
आगलागीबाट कुनै मानवयि क्षती नभए पनि आगलागी भएको घरहरुको लत्ता कपडा, गरगहना अन्न पात, भाँडाकुँडा सबै जलेर नस्ट भएका छन् । सेकुवाको आगोबाट आगलागी हुन सक्ने आशंका गरिएको छ ।

No comments:

Post a Comment