१२ चैत, काठमाडौं । भोलिको होलीमा हुन सक्ने
उच्छृखंल गतिबिधि रोक्न राजधानीमा उच्च सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।
महानगरी प्रहरी आयुक्तको कार्यालयका अनुसार काठमाडौं उपत्यकामा आज र भोलिका लागि थप
५ सय थप प्रहरी परिचालन गरिएको छ ।जथाभावी लोला, रंग र पानी छेप्नेमाथि नियन्त्रण
गर्न प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ । प्रहरीले यस पटकको होलीमा विकृति
कम भएको दावी पनि गरेको छ । ‘लोला हान्ने क्रम अघिल्ला वर्षहरुको तुलनामा केही
घटेको छ’ आयुक्त कार्यालयका प्रमुख हेमन्त पालले अनलाइनखबरसित भन्नुभयो ।
तर, सडकका केही ठाउँमा लोला हान्ने क्रम चाहिँ चलिरहेको देखिन्छ । यसरी जबर्जस्ती लोला हान्ने झण्डै दुई दर्जनलाई नियन्त्रणमा लिएर सम्झाईबुझाई छाडिएको प्रहरीले जनाएको छ । मुद्दा नै चलाउनु पर्नेगरी कसैलाई पक्राउ नगरिएको प्रहरीको भनाइ छ । प्रहरीले होलीलाई मर्यादित बनाउन शनिबारदेखि राजधानीका टोलटोलमा माइकिङ अभियान पनि चलाएको थियो । गृह मन्त्रालयले यसअघि नै पवित्र पर्व होलीको अवसरमा कसैको इच्छा विपरीत रंग दल्ने, लोला हान्ने र पानी छ्याप्ने काम नगर्न सबैसित अनुरोध गरिसकेको छ ।

महिला, केटाकेटी लगायत बाटोमा हिँड्ने व्यक्तिलाई
दुःख र सास्ती दिने काम प्रचलित कानुन विपरीत हुने भन्दै मन्त्रालयले सजक गराएको हो
। मन्त्रालयले विज्ञप्ति निकालेर कसैको स्वीकृति विपरीत रंग दल्ने, लोला हान्ने,
पानी छ्याप्ने तथा यात्रीलाई दुःख सास्ती दिने गरेको भेटिएमा कानुनबमोजिम कार्बाही
हुने जनाएको हो ।
No comments:
Post a Comment