Monday, 11 March 2013

आमाछोरी मृत अवस्थामा फेला

आमाछोरी मृत अवस्थामा फेला
काठमाडौं, फाल्गुन २८ । काठमाडौको महाकाल गाउं विकास समितिको गोल्फुटारमा आमाछोरी मृत अवस्थामा भेटिएका छन् । ६५ बर्षीया आमा चैनी सुब्बा र उनकी ३५ बर्षीय छोरी अनु सब्बा आफ्नै घरमा मृत अबस्थामा फेला परेका हुन् । आमा शौचालयमा झुन्डिएको र छोरी शयन कक्षको भुईमा पल्टिएको अवस्था फेला परेका थिए ।
संखुवासभा स्थायी ठेगाना भएका उनीहरु १२ बर्षदेखि गोल्फुटारमा घर बनाई बस्दै आएका थिए । पाहुना बस्न गएकी भतीजी मिलन लिम्बुले आमाछोरी मृत अवस्थामा फेला परेको खबर छिमेकीहरुलाई दिएकी थिईन् ।
छोरी अनुले यसअघि पनि आत्महत्याको प्रयास गरेको छिमेकीले दावी गरेका छन् । उनको मानसिक अवस्था असन्तुलित देखिएको छिमेकीहरुको भनाई छ । चैनीका श्रीमान र छोराहरु बैदेशिक रोजगारीमा गएका छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment