Saturday, 16 March 2013

खसीको मासुमा राँगाको मिसमास !

३ चैत, काठमाडौं । तपाई बजारमा खसीको मासु किन्दै हुनुहन्छ भने होस गर्नुहोला, खसी भनेर तपाईले किनेको मासुमा राँगाको मासुसमेत मिसाइएको हुन सक्छ । तपाई राँगाको मासु खानुहुन्छ भने त ठिकै होला, तर तपाई राँगाको मासु नै नखाने व्यक्तिमा पर्नुहुन्छ भने त झन् तपाईलाई फसाद पर्न सक्छ ।
राजधानीमा खसीको मासुमा राँगाको मिसाएर बेच्ने गरिएको दाबी एकजना ठूला मान्छेले गरेका छन् ।
आफूले बजार अनुगमनका क्रममा खसीको मासुमा राँगाको मिसाएर बेच्ने गरिएको फेला पारेको ती ठूलामान्छेको दाबी छ ।राजधानीमा खसीको मासु प्रतिकिलो ७ सय सम्म पर्छ भने राँगाको मासु २ सय ६० रुपैयाँ । खसीको मासुमा राँगाको मिसाएर बेच्दा ब्यापारीलाई ठूलो पfmइदा हुने भएकाले त्यसरी खसीमा राँगो मिसाएर उपभोक्तालाई ठग्ने गरिएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले खसीको मासुमा राँगाको मासु भेटिएको बताउनुभएको हो । उहाँले उपभोक्ता दिवसको अवसरमा खसीको मासुमा व्यापारीहरुले २५ प्रतिशतसम्म राँगाको मासु मिसाएर बेच्ने गरेको खुलासा गर्नुभएको हो ।

No comments:

Post a Comment