१५ फागुन, बुटवल । रुपन्देहीको बुटवलमा रहेको पुष्पलाल
पार्कमा नजिकै मंगलवार विहान भेटिएको प्रेसर कुकर बम डिष्पोज गरिएको छ । झोलाभित्र
राखेर बेबारिसे अवस्थामा पार्कभित्र फालिएको प्रेसर कुकुर बम २२ नम्बर गणवाट आएको
नेपाली सेनाको बम डिष्पोजल टोलीले विहान १० बजेतिर डिष्पोज गरेको इलाका प्रहरी
कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।
बैदवारका अनुसार बमसंगै नेकपा माओवादी क्रान्तिकारीको पर्चा समेत भेटिएको छ ।
पर्चामा कथित लोकतान्त्रीक गणतान्त्रीक व्यवस्था मुर्दावाद, नयां जनवादी क्रान्ती
जिन्दावाद लेखिएको छ बैदवारले वताउनुभयो । विहान स्थानियले पार्कभित्र शंकास्पद
बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए।
विहानै सकड छेउमा बम फेला परेपछि
स्थानीयबासिन्दाहरु त्रसित भएका थिए ।यसैवीच मंगलवार नै कैलालीको
धनगढीमा भेटिएको प्रेसर कुकर बम भेटिएको छ ।
कैलालीको धनगढी नगरपालिका-५, जाईमा सिमेन्टको बोरा भित्र राखेर बेबारिसे अवस्थामा भेटिएको बम शिबदल गण अत्तरीयाबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय कैलालिका प्रहरी निरिक्षक कुलदिप चन्दले जानकारी दिनुभयो ।

५ लिटरको प्रेशर कुकर बम भित्र सल्फर नामक
बिस्फोटक पदार्थ रहेको चन्दले जानकारी दिनुभयो । बिहान ट्युशन पढ्न गएका
बिद्यार्थीर्हरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा नेकपा माओबादी
क्रान्तिकारी पार्टीको पर्चा भेटिएको प्रहरी निरिक्षक चन्दले जानकारी दिनुभयो
।
No comments:
Post a Comment