Saturday, 9 November 2013

पहिचानको कुरा गर्दा देशी र विदेशी शक्ति'ले तारो बनाएको आङ्काजीको आरोप

काठमाडौं, कार्तिक २३ - संघीय समाजवादी पार्टी नेपालका स्थायी समिति सदस्य आङकाजी शेर्पाले उत्पीडित समुदायको आवाज सशक्त बनाउने बताएका छन् । काठमाडौं क्षेत्र नं.३ को बौद्धमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उक्त अभिव्यक्ति दिएका हुन् । उनी त्यही क्षेत्रका उम्मेदवार हुन् ।
aang kaji sherpa'मैले सत्र वर्षदेखि घरको पानी खाएर आदिवासी जनजाति, दलित, महिला, उत्पीडित का निम्ति सडक संघर्ष गर्दैआएको छु,' उनले भने, 'दोस्रो संविधानसभामा मेरो उम्मेदवारी यही समुदायको मुद्दा स्थापित गर्न मेरो उम्मेदवारी हो । तर, आदिवासी जनजातिको विपक्षमार हरेका पार्टीका नेताहरू मेरो विरुद्ध खनिएका छन् ।' सडकमै रहेर जातीय पहिचानसहितको संघीयताको पक्षमा सशक्त आन्दोलनमा रहेदेखि केही 'देशी र विदेशी शक्ति'ले आफूलाई तारो बनाएको बताए ।
शेर्पाले नेपालको जातीय मुक्ति आन्दोलनमा आदिवासी जनजातिहरूको ऐतिहासिक देनलाई  मुलुकको प्रमुख दलहरूले प्राथमिकतामा नराखेकाले संघीय समाजवादी पार्टीको गठन गरी अघि बढाएको बताए । 'यो पार्टी कुनै पनि जाति, जनजाति विशेषको होइन, एकात्मक राज्यसत्ताका पृष्ठपोषण गर्ने विरुद्ध सशक्त आवाज उठाउन कुनै कसर बाँकी राख्ने छैनौं,' उनले भने ।
शेर्पाले मुद्दालाई संविधानसभामा पुर्‍याउनेमात्र नभई त्यसलाई स्थापित हुन नदिएमा ज्यानको बलिदानी दिने बताए । 'हामी एकात्मक राज्यसत्ता रहन दिंदैनौं,' उनले थपे, 'एकात्मक राज्य केन्द्र सिंहदरबारलाई सबै जाति, वर्ग, लिंगको साझा बनाउने एकमात्र प्रयत्न रहने छ ।'
उक्त सभामा पार्टीका केन्द्रीय अध्यक्ष अशोक राई प्रमुख अतिथि भनिए पनि उपत्यका बाहिरबाट आउन ढिलाइ भएकोले उपस्थित थिएनन् । सभामा उपाध्यक्ष प्रेमकृष्ण पाठक, दानबहादुर विश्वकर्मा, संघीय महिला महासंघकी महासचिव लीला सिटौलालगायतले विचार व्यक्त गरेका थिए । 

No comments:

Post a Comment