Saturday, 9 November 2013

एमालेको चुनाबी सभामा बम प्रहार, ७ घाइते

ताप्लेजुङ, कार्तिक २३ - ताप्लेजुङको खोक्लिङ गाविसमा एमालेले आयोजना गरेको चुनावी सभामा बम प्रहार भएको छ । बम प्रहारबाट ७ जना घाइते छन् ।तीमध्ये मानबहादुर बिक र नाम नखुलेका उलाङे भनेर चिनिने अर्का एक व्यक्ति सख्त घाइते भएका छन् ।
अन्य घाइतेमा ८ बर्षका पदम मगर, ३५ बर्षका रेनुका अधिकारी, ७० बर्षका तुलसा थापा, ३५ बर्षका निर्मला अधिकारी र ३६ बर्षका यज्ञ बिक रहेको एमालेका क्षेत्रीय अध्यक्ष तारा थापाले बताए  ।
घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइदै गरेको स्थानीयले बताए । प्रहरीका अनुसार दुईवटा ग्रीनेट प्रहार गरिएकोमा एउटा तुरुन्तै पडि्कएको थियो । एउटा भने पडि्कएको छैन् । नपडि्एको उक्त बम निस्त्रिmय पार्न सेनाको टोली घटनास्थल पुगेको प्रहरी नायव उपरीक्षक गोबिन्द आचार्यले बताए ।
स्थानीय शिक्षक मोहनचन्द्र सावाका अनुसार आमसभा सुरुहुनुअघि लिवाङ गाविस बाट नाराजुलुससहित आउदै गरेको टोली बस्नै लाग्दा बम  प्रहार गरिएको थियो । प्रहरीले अहिलेसम्म कसैको पहिचान भइनसकेको र गाउा घेराहाली खोजी तीब्र बनाइएको जनाएको छ ।
घटनापछि अहिले सभा सुरु गरेको छ । आमसभालाई उम्मेद्धार डम्बरध्वज तुम्बाहाम्फे र जिल्ला कमिटीका अन्य पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ । घटनास्थल सदरमुकाम फुङलिङ बाट पाँच घण्टाको दुरिमा छ। 

No comments:

Post a Comment