Sunday, 10 November 2013

राष्ट्रिय जनमुक्ति पार्टीले ४ निर्वाचन क्षेत्रमावाजी मार्ने !

रुपन्देही , कार्तिक ४ - दोश्रो संविधानसभाको निर्वाचन नजिकै जादा राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले घरदैलो तथा प्रचार प्रसार कार्यक्रमलाई तिव्रता दिएको छ । निर्वाचनको प्रचार प्रसार अनतरगत रुपन्देहीको ७ वटै निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गले जानकारी दिनु भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीको सातवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । गत ०६४ सालको संविधान सभाको निर्वाचनमा पार्टीले रुपन्देही जिल्लाबाट करिव १० हजार भन्दा बढि मत प्राप्त गरेको जिल्लामा अहिले राष्ट्रिय जनमुक्ति पार्टीले ४ वटा निर्वाचन क्षेत्रमा जित्ने दावी गर्दै आएको छ ।
 रुपन्देही जिल्लामा राष्ट्रिय जनमुक्ति पार्टीको संगठन बलियो रहेको हुदा ४ वटा निर्वाचन क्षेत्रमा जित्ने पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गले दावी गर्नु भएको छ । रुपन्देही जिल्लाको क्षेत्र नं ४ लाई विशेषरुपमा हेदै आएको छ । पुर्वप्रंधानमन्त्री वावुराम भट्टराई, पुर्वरक्षा मन्त्री विष्णु पौडेलले उम्मेदवारी दिएको क्षेत्र हो । सोही क्षेत्रबाट राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट राष्ट्रिय भुतपुर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष भिमबहादुर रानाले प्रतिस्पर्धा गर्नु भएको छ ।
उम्मेदवार भिम बहादुर रानाले रुपन्देहीको ४ नम्वर क्षेत्रबाट विगतमा निर्वाचित भएर गएकाहरुले राम्रो काम गर्न नसकेकोले अहिलेको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले वाजी मार्ने दावी गर्नु हुन्छ । नेपालका ठूला राजनैतिक दलहरुले नेपाली जनतालाई पटक पटक धोका दिएका कारण अवको निर्वाचनमा जनमुक्ति पार्टीले चुनाव जित्ने उम्मेदवार रानाले दावी गर्नु भयो । त्यस्तै रुपन्देहीको क्षेत्र नै २ मा पनि चुनाव जित्ने दावी गर्दै आएको छ । पार्टीका संघीय परिषद सदस्य सूर्यकुमार सारुले सो क्षेत्रमा उम्मेदवारी दिनु भएको छ । संगठनको हिसावले पनि यो क्षेत्र बलियो मानिन्छ ।

 विगतका निर्वाचनमा ठूला राजनैतिक दलहरुले चुनाव जित्दै आएको र अहिलेको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको सिद्धान्त र विचारलाई आम जनताहरुले आत्मसात गरेका कारण रुपन्देहीको क्षेत्र नं २ जित्ने बलियो आधार भएको क्षेत्र नं २ का उमेदवार सूर्यसारुले बताउनु हुन्छ । आदिवासी, जनजाति, दलित, मधेशी, पिछडावर्गको बसोवास रहेको क्षेत्र भएको र अन्य राजनैतिक दलहरुले पहिचान सहीतको संघीयताको संविधान दिने कुनै आधार नभएको र राष्ट्रिय जनमुक्ति पार्टी संग संघीयताको विषयमा स्पष्ट खाका रहेको हुदा आम नेपाली जनता जनमुक्तिको पक्षमा रहेका कारण जित सुनिश्चित रहेको उम्मेदवार सारुले दावी गर्नु भयो ।

यस्तै गरी रुपन्देहीकै क्षेत्र नं ३ पनि राष्ट्रिय जनमुक्ति पार्टीले जित्ने पाटीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गले बताउनु भयो । विगतका दिनमा काग्रेसले जित्दै आएको यो क्षेत्रमा अहिले राष्ट्रिय जनमुक्ति पार्टीको संगठन बलियो रहेको पाईन्छ । रुपन्देहीको क्षेत्र नं १ मा संघीय परिषद सदस्य दलबहादुर विरकट्टा, क्षेत्र नं ५ मा राष्ट्रिय युवा मोर्चाका उपाध्यक्ष बोम दर्लामी, क्षेत्र नं ६ मा जहवर अलि र क्षेत्र नं ७ मा सुदर्शन यादवले प्रतिस्पर्धा गरेका छन् । जिल्लाको ६ र ७ क्षेत्रमा विगतका दिनमा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकर्ता पाउन मुस्किल रहेको स्थानमा अहिले राम्रो रहेको पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गले बताउनु हुन्छ । 

No comments:

Post a Comment