तनहूँ , मंसीर १, चुनाव प्रचार प्रसारको अन्तिम दिन आज राष्ट्रिय जनमुक्ति पार्टीले तनहूँमा आफ्नो शाक्ति प्रदर्शन गरियो । उम्मेद्वार सहितको सयौंको संख्यामा निस्केको मोटरसाईकाल र्यालीले तनहूँको मुख्य मुख्य बजारहरुको परिक्रमा गरेका थिए । “ संबिधान सभा निर्बाचनमा तनहूँ बाट जनमुक्तिको बिजय ” भन्ने नाराका साथ शुरु गरको मोटरसाइकाल र्यालीको शुभारम्भ पार्टीका बरिष्ठ उपध्याक्ष तथा सामनुपातिक उम्मेद्वार शिबलाल थापा मगरले गर्नुका भएको थियो ।
जिल्ला पार्टी कार्यालय दमौली बाट निस्केको उक्त मोटरसाईकालको र्यालीको स्टटिङ प्वईन्ट भने तनहूँ र कास्कीको सिमना कोत्रे बजार लाई बनाएका थिए । झन्डा ब्यनारले सिङ्गारिएका मोटरसाईकाल र्याली जब शुरु गर्न लागेका थियौं सयौंको संख्यामा आएका कोत्रे बासी पार्टी समर्थक जनता कार्यकर्ताहरुले अबिरजात्रा गरि फूलमाला लगाई स्वागत गरेका थिए ।
बिहानको ठीक ११ बजे शूरु भएको सो मोटरसाईकालर्याली कोत्रे, दुलेगोंडा, खैरेनीटार हुँदै भिमाद बजार परिक्रमा गरि खैरेनीटारमै आई कोणसभा गरेका थिए । उक्त सभालाई सम्बोधान गर्दै क्षेत्र नं. ३का प्रत्यक्ष उम्मेद्वार दयानन्दा थापा मगरले भन्नु भयो “हिजो पहिलो संबिधानमा, नेपाली जनताल ६०१ जना लाई जिताएर पठाएका हो, एमाऔबादी, एमाले र कँग्रेस लाई ठूला दल बनाएकै हो तर उनीहरुले संबिधान बनाउन चाहेनन् । बिभिन्न जलझेल गरि संबिधान सभाको नै हत्या गरियो ।
आज फेरि उनीहरु नै संबिधान बनाउछौ बिकास गर्छौ भन्दै झुक्याउन आउदैछन । त्यस्तो झुटको खेती गर्ने हरुलाई मतदान दिनु भनेको मुलुकै आपमान गर्नु हो भन्नु भयो । र त्यस्तहरुको भ्रममा नपर्न आग्रह गर्नु भयो । नेपाली जनताको जन संबिधान राष्ट्रिय जनमुक्तिले मात्र लेख्ने दाबी गर्दै जनमुक्तिको घर चिन्हामा मतदान गरेर जनमुक्तिलाई बिजय बनाउन अनुरोध गर्नु भएको थियो । उक्त र्याली खैरेनीटार हुदै दमौली आइपुग्दा दमौलीमा पनि अबिरजात्रा र फूलमालाले भब्य स्वगात गरेका थिए ।
दमौली बजार परिक्रमा गरि ट्रफिक चोकमा आयोजित कोणसभामा पार्टी अध्यक्ष तथा क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेद्वार मन्ध्ररी आले मगरले भन्नु भयो, नेपाली राजनितीमा राष्ट्रिय जनमुक्ति पार्टी बैकल्पिक शाक्तिको रुपमा स्थापित भैसकेको भन्दै जनमुक्तिले नै संबिधान बनाउने दाबी पनि गर्नु भयो । र्याली डुम्रे, बिमलनगर, सत्रसय हुँदै गोरखा र तनहूँको सिमना आँबुखैरेनीमा पुगी बजार परिक्रमा गरि सभमा परिणत कार्यक्रमको बिसर्जन गरेका थिए ।
– खडक आले मगर तनहूँ
No comments:
Post a Comment