Saturday, 9 November 2013

निर्वाचन दौडबाट हटाइए ' हत्यारा'

निर्वाचन आयोगले एकीकृत माओवादीका समानुपातिकतर्फका उम्मेद्वारद्वय बालकृष्ण ढुंगेल र उषा शाह फकिरलाई उम्मेद्वार हुन अयोग्य रहेको ठहर गरेको छ ।
आयोगमा परेको दावी विरोधमाथि जाँचबुझ गर्दा ढुंगेल अयोग्य रहेको ठहर गरेको प्रवक्ता वीरबहादुर राईले बताए। ढुंगेललाई सर्वोच्च अदातलबाट ज्यानसम्बन्धी दोषी ठहर गरेकोले आयोगले संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०७० को दफा १९ को ९ङ० बमोजिम उम्मेदवार हुन अयोग्य देखिएकाले ढुंगेलको उम्मेदवारी रद्द गरी निजको नाम समानुपातिकतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय गरेको छ’ आयोगले भनेको छ । यससगै एमानुपातिक निर्वाचन प्रणाली अन्तरगत एमाओवादीका २ सय ३३ जना मात्र उम्मेदवार भएका छन् ।
सर्वश्वसहित जन्मकैदको सजाय पाएका ढुंगेल उम्मेदवारका लागि अयोग्य भएको दावी गर्दै एमालेका समानुपातिक उम्मेदवार रामकुमारी झाँक्रीले उजुरी दिएकीथिईन । सशस्त्र द्धन्दकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा सर्वोच्चले ढुंगेललाई जन्मकैदको सजाय सुनाएको थियो ।
यस्तै राष्ट्रिय मुस्लिम आयोगमा सदस्य रहेकी फकिरविरुद्ध मोहम्मद जाकिर हुसैनले आयोगमा उजुरी परेको थियो । सरकारी सुविधा लिइरहेको हुँदा फकिरको उम्मेदवारी रद्द गरिएको आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगमा उजुरी परेका माओवादीकै धनमाया विक खनाल, हरिराम श्रीपाइली र अनिताकुमारी परियार, लिग नेपाल शान्ति एकता पार्टीका उम्मेदवार विमला लक्ष्मी शाह र समाजवादी जनता पार्टीका रिता थापामगरको उम्मेदवार भने कायमै रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार दलहरुले पेश गरेको बन्द सूचीमा समावेश भएका उम्मेदवार मध्ये ८३ जनाको नाम मतदाता नामावलीमा नाम समावेश छैन । यस्तै उमेर नपुगेका उम्मेदवार १ सय ४८ भन् भने १९ जनाको नाम प्रत्यक्ष र समानुपातिक दुबैमा छ । ८२ जनालाई एक भन्दा बढी राजनीतिक दलले समानुपातिकको बन्दसूचीमा राखेका छन् ।
सम्बन्धित दल र उम्मेदवारलाई आफ्नो भनाइ पेश गर्न २०७० साल कात्तिक २४ गतेसम्मको मौका दिइएको छ । अयोग्य उम्मेदवारको उम्मेदवारी आयोगले निर्वाचन पूरा नहँुदै जुनसुकै अवस्थामा पनि रद्द गर्नसक्ने छ । त्यस्ता उम्मेदवारको उम्मेदवारी रद्द गर्नुअघि सम्बन्धित दल र उम्मेदवारलाई आङ्खनो भनाइ पेश गर्ने मनासिव मौका दिनुपर्ने व्यवस्था रहेअनुसार सम्बन्धित दल र उम्मेदवारलाई पत्राचार गरिएको आयोगले जनएको छ ।

No comments:

Post a Comment