Saturday, 9 November 2013

संविधानसभा-२ भित्र जनजाति छिर्न नदिने राजनीति

कार्तिक २३ - यदि रामहादुर थापा (बादल) क्षेत्री र केबी गुरुंग जनै लगाउने जातको भा'को भए उनीहरु जमानामै सरकार प्रमुख बनिसक्नेथिए । यी हक्की र खुबीवानहरुसंग पुर्खा भीमसेन थापा मगर जस्ता  ३२ बर्षसम्म मुख्तियारी चलाएका र देशलाई नमूना बनाएका दूरदर्शी राजनीतिज्ञको विरासत प्राप्त छ ।
जहानिया राणा शासन  बिरुद्ध आन्दोलन छेडेर नवबिहानी ल्याउन हांसीहांसी शहादत दिन सक्ने प्रथम शहिद लखन थापा मगर र सुपति गुरुगं जस्ताहरुको  गौरवपुर्ण ईतिहास छ । तर बिडम्बना  !
रौतहत ६ मा देबेन्द्र प्रसाद पटेल  र काठमान्डु २ मा झक्कु प्रशाद सुबेदीसंग चुनाव हार्ने र पछि जनजाति सीट हडपेर प्रधानमन्त्री चप्काउने   माधवकुमार नेपाल ( माकुने)हरुले राज गर्ने देशमा यस्तै हुन्छ । जनताको भाग्य लेख्ने सभासद भवन राजदुत पदसंग साटि श्रीलंका उड्ने ललितपुरका लठुवा शुशिलकुमार अमात्यका कारण त्यस थलोमा पुग्न सक्ने माकुनेहरुकै कारण जनजातिहरुको दुर्दिन चलिरहेकोले तत्काल यो संभावना प्राप्तका निम्ति ठूलो संघर्ष चलिरहेकोछ ।
 जनजाति शल्यक्रियाका जानकार माकुने, जातीय सपनाका बिशेषज्ञ पुकडा (पुष्पकमल दाहाल) र जनजाति तह लगाउन सिपालु जेठो दलका ठुला सुको (सुशिल कोईराला) नेतृत्व रहेको दलका तामझामबीच उपेक्षितहरुकै भाग्य कोर्ने युगमा एकपटक आउने पर्व संविधानसभा  शुरु हुन गैरहेकोछ तर यहि चुनावमा जनजातिहरुको कम्ताबिजोग उस्तै छ । प्रमुख दलका उम्मेदवार सुचीमै ति छिर्न सकेका छैनन ।  नसकेपछि ति चुनावी मैदानमै छैनन ।  हतियारको बलमा दश बर्ष लडी  पुकडालाई सिंहदरवारको सिंहासनमा बसाली फेरि मोहन पोखरेललाई सिंहदरवार चढाउन अर्धभूमीगत भएका बहुसंख्यक  बाँदर सेनाहरु चुनावी मैदानमा नभएपछि जनजाति टन्टा त्यसै साफ़ हुने नै भो ! संविधानसभा -१ मा चितवनबाट सिंहदरवार उक्लेका बादल , मनांग र कास्कीबाट देबप्रसाद गुरुंग,तनहुं २ बाट सुरेश आले मगर लगायत करिब ५ दर्जन सभासदहरु प्युठानका पोखरेल बाजेलाई बोकेर हिंडेकाछन्, जसमध्ये  अधिकाँश जनजातिनै छन् । त्यसैले पनि प्रमुख दलबाट  टिकट हात पार्नेमा जनजातिको साटो जनै लगाउनेहरुको हालीमुहाली हुने नै भो । पहिलो संविधानसभामा जनजाति ककस बनाई सामुदायिक मुद्दामा दलको ह्विप समेत उल्लंघन गर्ने सभासदहरुलाई यसपालि टिकट नै दिईएन । दिईएपनि तिनलाई हार्ने संभावना भएका ठाँउमा पुर्याईएकोछ । पहिलो संविधानसभामा सबैभन्दा बलिया र एकजुट जनजातिहरु भएको देखेका ठुला दलहरुले प्रभावशाली  जनजातिहरुलाई त्यहाँ छिर्नै  नदिन यसपटक गर्नु प्रपन्च गरेका छैनन र !
किनकी त्यतिबेला जबजब संविधानसभा  भवनमा  जनजाति सभासदका आवाज एक स्वरमा घन्किन्थ्यो ३ दलका ९ जना बाहुन नेताहरुका दिमाग़ त्यसै चर्कन्थ्यो । त्यसैको रिस संविधानसभाको हत्या गरेर साधे- न रहे बाँस, न रहे बाँसुरी । त्यतिबेला यि पात्रहरु  बादल , कुलबहादुर गुरुंग र स्व० भीमबहादुर तमांगलाई  प्रधानमन्त्रिको कुर्ची देखाई जनजाति सभासदहरुलाई थुम्थुम्याउन लगाई संकटमोचनको रुपमा उपयोग गरियो ।तर अहिले यी पात्रहरु नै  संबिधानसभाको चुनावी दौडमा छैनन् । बादल बहिस्कारबादी, गुरुंग समानुपातिकमा छन् भने तामांगको देहान्त भैसकेको छ । गएको चुनावमा भारी मतले विजयी बादलको ठाँउ  यसपालि बिश्वभक्त दुलालले   लिएकाछन् ।
नेकाका महामन्त्री रहेका कुलबहादुर गुरुंग राजनीतिक र उमेरको हिसाबले निकै पाका र अनुभवी हुन । जीवनभर  बिसेश्वर प्रसाद कोइरालाको अनुयायी भई समाजबाद र जय नेपालको वकालत गर्दै हिंडेका उनले आफ्ना नेताले जातिय राजनीति गरेको  अहिलेसम्म  भेउ पाएका छैनन् । उनि सदा जातिय राजनीति देखि टाढै बसे । गुरुंगले नेपाली कांगेसले लिएको बहुपहिचान र ६ प्रदेश नितिमा अडान छाडेनन् । बाहुनहरु भन्दा एककदम अगाडी निक्लिएर आफ्नै जातिहरु बिरुद्धमा ठुलो स्वरमा जेहाद छेड्न सम्म पछि परेनन् । उनै गुरुंगलाई अहिले कांग्रेसले चुनावीमैदानमा प्रबेश दिएन । गएको चुनावमा ईलाम क्षेत्र नं ३ बाट १६२८६ मत ल्याई एमालेका प्रत्याशी धर्म प्रशाद उप्रेतिलाइ २ हजार मतले पछि पारेका थिए । सोही जिल्ला एमालेको तर्फबाट झलनाथ खनाल १ नं र क्षेत्र नं २ बाट सुबास नेम्बांगले बिजय हात पारे र दुबैजना क्रमश प्रधानमन्त्री र सभामुख बन्न सफल भएका थिए । जबकि ति दुई भन्दा सीनियर  गुरुंगलाइ उनका नेताले नेकाभित्र फनफनी घुमाई राखे । अन्त्यमा टिकटबाट बन्चित गरियो । अब उनको थोरै आशा भनेको समानुपातिक हो, जिते त पाए, नत्र गुरुंगको राजनैतिक जिवन गुमनाम पथमा लम्किरहेको प्रत्यक्ष देखिन थालेकोछ  ।


जनजाति चेलीहरुको बिजोग
यदि रोल्पा रुकुमका मगर चेलीहरु जनयुद्धमा नलागेकोभए माओवादी युद्ध आजको अवस्था सम्म आईपुग्थेन । स्वयं पुकडाले कुनैबेला बोलेकाछन्, यो कुरा । तर ति मगर चेलीहरुका हालत बेहाल छ ।  ४ मगर चेलीहरु रोल्पाका अखिल महिला क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष जयपुरी घर्ती मगर,सास्कृतिक फांट पाल्पाका लिलाकुमारी बगाले सोमै मगर, क्षेत्र नंबर १ गोर्खाका पार्बती थापा मगर र सिन्धुलीकी नरकुमारी पुलामी मगरको राजनैतिक जीवन यात्रा  कम्तिको दर्दनाक छैन । लिलाका श्रीमान पाल्पा,ठिमुरे गाबिस ढुस्टुंग नारायणी माविमा शिक्षक छदै माओवादी राजनीति गरेको आरोपमा रिब्दिकोट जंगलमा  सेनाले मारेको थियोे । अन्य चेलीहरुको हाल एउटै-   तिनको जनयुद्धकालमा शाहीसेनाको  गोलिले सिन्दुर पुछिदिएको थियो । आफ्ना श्रीमानहरुसंग देखेको सपना, "गरिब,उत्पीडित  दासत्वको जंजिर तोड्दै जनतालाई मुक्ति दिलाउन र कम्युनिस्ट सत्ता ल्याउन" काखमा दुधे बालकलाई दुध चुसाउदै  चारैजना लडाईको अग्रमोर्चामा होमिएका थिए । पहिलो संबिधानसभामा प्रत्यक्ष तर्फ बाट जयपुरी घर्ती मगरले रोल्पा १ बाट २६५०५ मत ल्याई कांग्रेसका माधव प्रशाद आर्चायलाई ४९९६ मतमै रोकेका थिए । झलनाथ मन्त्रीपरिषको कार्यकालमा पार्टीले घर्तीलाइ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिएपनि महिलालाइ ३३ प्रतिशत सीट नदिईएको भन्दै हप्ता दशदिनको सिंहदरबारको यात्रालाइ लात हानेर निस्किएकि थिईन ।
लीला बगालेले पाल्पा २ बाट एमालेका  हस्ति सोमप्रशाद पांडेलाइ करिब २ हजार मतको फरकमा १२७५० ल्याएर माओवादीलाई बिजय बनाएकी थिईन । त्यस्तै गोर्खा १ बाट पार्बती थापा मगर श्रेष्ठले माओबादीबाट ४०६०६ मत ल्याएर  नेपाली कांग्रेसका प्रभावशाली नेता चिरन्जिबी वाग्लेलाइ ९१४२मै थचक्कै बसालिदिएकि थिईन । सिन्धुली ३ की नरकुमारी पुलामी मगरलाई त पार्टीले उम्मेदवार नदिएपनि जितेर देखाईदिएकि थिईन । पार्टीले टिकट नदिएर बिश्वसधात गरि त्यो क्षेत्रमा जनमोर्चासंग तालमेल गरि एमाओबादीले लिलामणी पोर्खेललाइ उठाएको थियो । पुलामीले त्यस क्षेत्रमा पार्टीको बिरुद्धमा बागी उमेद्धवार दिदा पार्टीले कारबाही मात्र गरेन, उनको चुनाव प्रचार प्रशारका सामाग्रीहरु पनि जफत गरि दिएको थियो ।
 पुलामीले बच्चालाई काखमा राखी रातदिन घामपानी,भोक प्यास र निद्राको कुनै प्रवाह नगरि खाली खुट्टामा एक्लैले भोट माग्दै हिडेर नेकाकी दिप शिखा शर्मा ढकाललाइ ६५१२ मत र एमालेका सूर्य पाख्रिनलाई ६०४९ मतका बिरुद्ध १४९४४ मतले जितेकि थिईन  । उता पार्टीले उठाएको आधिकारिक उमेद्धवार लिलामणी पोखरेलको भने जमानत नै जफत भएकोथियो ।  यी मगर चेलिहरुको यो संबिधानसभाको निर्बाचनमा नामनिशान छैन । तर ब्रहामण समुदायका   धर्मशिला चापागाई जस्तालाइ भने दोहोर्याएर पुन: झापा ३ बाट उमेद्धवार बनाईएको छ ।

No comments:

Post a Comment