भाद्र २८- 'नेपालको विकासमा टेवा पुर्याउन र विश्वका विभिन्न मुलुकहरुमा बसोवास गरिरहेका गैर-आवासीय नेपालीहरुको हितको पक्षपोषण गर्न संगठित रुपले अघि बढ्नका लागि आधारभूत विश्व मानव अधिकारप्रति प्रतिवद्ध एक जिम्मेवार संस्थाको गठन हुनुपर्ने आवश्यकतालाई मनन् गरीस सन् २००३ मा लण्डनमा गैर-आवासीय नेपालीहरुको भेला आयोजना गरी एक स्वतन्त्र गैर-नाफामूलक, गैर-राजनीतिक र गैर-सरकारी संस्था ”गैर-आवासीय नेपाली संघ” ( NRNA )को स्थापना गरी संचालन भईरहेको सन्दर्भमा यसको उदेश्य र कार्यकमहरुलाई आत्मसात गर्दै, यसैको मातहतमा रहने गरी बेलायतमा बसोवास गरिरहेका आम गैर(आवासीय नेपालीहरुको हकहितको सुरक्षा र प्रवन्ध गर्न ”गैर-आवासीय नेपाली संघ संयुक्त अधिराज्य बेलायत” (NRNA) को स्थापना गरी यसलाई व्यवस्थित रुपमा संचालन गर्न यो विधान बनाई लागु गरिएको छ ।'
गैर आवासीय नेपाली संघ बेलायतको विधानमा लेखिएका वाक्य हुन् यी । सन २००३ मा स्थापित यस संस्थाले १० बर्षमा बेलायतबासी नेपाली र नेपालको लागि के कति प्रभावकारी भूमिका खेल्न सक्यो वा सकेन, बिशुद्ध सामाजिक ,गैर नाफामुलुक र गैर राजनीतिक हुन सक्यो वा सकेन त्यसको लेखाजोखा बेलायतमा रहेका नेपाली र नेपालले गरेको होला नै तर यतिखेर यो संस्था नराम्ररी बिवादको भुमरीमा फसेको देखिन्छ । गत जुलाइमा एनआरएन युकेले नेपाली काग्रेंसका युवा नेता गगन थापालाई एउटा च्यारेटी कार्यक्रममा निमन्त्रणा गरी सम्बोधन गर्न दिएकोमा उनी पहिचान ,संघियता बिरोधी भएको कारण जनाउदै बेलायतमा रहेका संघियता र पहिचान पक्षधरहरुले कालो झन्डा देखाई बिरोध गरेका थिए । त्यस यता एनआरएन युके विवादको भुमरीमा फँस्दै गएको देखिन्छ ।
सेप्तेम्बर १५ मा हुने एनआरएन युकेको महाधिवेसनलाई लक्षित गरी प्रत्यासीहरु आ-आफ्नो पक्षमा मत माग्न लविङ गरी रहेका थिए । कोही गोर्खालीहरुको बाहुल्यता रहेको बेलायतमा गोर्खालीले नै एनआरएनए युके सम्हाल्नु पर्दछ भनी लविङ गर्दै थिए भने कोही पहिचान बिरोधीहरुलाई हराउनु पर्दछ भन्दै मत मागिरहेका भेटिन्थे । निर्वाचन कमिटीले १७ अगस्त २०१३ लाई आसन्न चुनावको मतदाता पंजिकृत सदस्यता फाराम भर्ने अन्तिम मिति तोकेको थियो । त्यसै दिन रिडिङमा निर्वाचन कार्यालयमा सदस्यता फर्म दर्ता गर्ने क्रममा अध्यक्षको प्रत्यासीहरु महेन्द्र कंडेल र सूर्य नेम्वाङले निर्वाचन आयोगलाई निष्पक्ष चुनावको लागि विश्वास गर्न सक्ने कुनै आधार नदेखिएको भन्दै अर्कौ निर्वाचन आयोग गठन नभएसम्म पंजिकृत सदस्यता फर्म दर्ता बहिष्कार गर्ने घोषणा गरेका थिए । उक्त विवाद लम्बिदै गएपछि एनआरएनए युके दुईटा बन्न पुगेकोछ । अहिले यी दुई एनआरएनए बेलायतको भद्दा आरोप प्रत्यारोप फेसबुकको भित्ता भरी दिनहु पढ्न पाईन्छ ।
पुर्व गठित निर्वाचन मन्डल अयोग्य रहेको ठहर गर्दै निर्वाचन वहिस्कार गरेको असन्तुस्ट पक्षले डा. पुरुषोत्तम पौडेलको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन गरी सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको थियो । उक्त एनआरएनए युकेले निवर्तमान उपाध्यक्ष महेन्द्र कंडेलको अध्यक्षतामा निर्विरोध पदाधिकारी चयन गरेको घोषणा गरेको छ जसमा अध्यक्ष महेन्द्र कंडेल,बरिष्ठ उपाध्यक्ष सुर्य नेम्बाङ्, उपाध्यक्ष हिराधन राई,राष्ट्रिय संयोजक राजकुमार त्रिपाठी,राष्ट्रिय सह-संयोजक डम्बर सिंगक लिम्बु,कोषाध्यक्ष ठाकुरप्रसाद शर्मा,सदस्यहरुमा तिल कुमारी लिम्बु (कल्पना आङवुहाङ),धर्म तामाङ,मेजर योगेश राई,मिन बहादुर रानाभाट,उत्तम राई,बिष्णु वाग्ले,हरी गुरुङ,बुद्दि राम थापा मगर, ललीत न्यौपानेले ,आइसीसी सदस्यहरु तेज राई, कर्ण शाही, विज्ञान प्रसाई, विनोद ज्ञवाली,कैलास नेपाल छन । यो पक्षले आफुसंग ६ हजार भन्दा बढी सदस्य रहेको जनाएको छ ।
यता संस्थापपन पक्षले पनि गैरआवासीय नेपाली संघ यूके छैठौ कार्यसमिती निर्बिरोध निर्बाचित भएको जानकारी गराउदै योगेन्द्र बहादुर छेत्रीको अध्यक्षतामा निम्न पदधिकारीहरु चयन गरेको छ जसमा अध्यक्ष योगेन्द्र ब क्षेत्री ,उपाध्यक्ष कृष्ण तिमल्सेना ,बालकृष्ण गुरुङ,राष्ट्रिय संयोजक योग कुमार फगामी, राष्ट्रिय सह-संयोजक संगीता मरहट्टा,कोषाध्यक्ष डासु पाण्डे,सदस्यहरु हरि ब थापा ,गोपाल ब गुरुङ ,जय प्रकाश गुरुङ ,अर्जुन कुमार कटुवाल,भीम गुरुङ ,राम ब गलामी,फडिन्द्र भट्टराइ छन । २ जना मनोनयन गर्न बाँकी रहेको जनाइएकोछ र आइसीसी सदस्यहरु सुष्मा लिम्बु राई ,थर्क सेन ,पशुपती भण्डारी ,बिजन भट्ट ,सुरेन्द्र ब श्रेष्ठ छन् । यो पक्षले आफुसंग ५ हजार भन्दा धेरै सदस्य रहेको जानकारी गराएको छ ।
योगेन्द्र छेत्रीको एनआरएनए युकेले आरोप ठोक्दै महेन्द्र कंडेलले एनआरएनको दुरुपयोग गरेको ,एनआरएन सदस्यता फारम लगी नबुझाई छुट्टै हैसियत नभएको एनआरएनए खडा गरेको, गैर आवासिय नेपाली संघ यूकेको पाँचौ राष्ट्रिय महाधिवेसनको पूर्बसंन्ध्यामा महेन्द्र कंडेलको सकृयतामा संस्थाको छवि माथि आंच पुर्याउने अभिप्रायले असहज परिस्थिति सृजना गरेको , उनकै अनुरोधमा छलफल भै निर्णय समेत भै सकेको बिषय उपर पत्रकार सम्मेलन गर्ने, बिधानमा ब्यवस्था नै नभएको अधिकार प्रयोग गरी साधारण भेला बोलाई समाजमा भ्रम सृजना गर्ने कार्य गरेको आरोप लगाएकोछ । त्यसैगरि सर्बसम्मत निर्णयबाट गम्भिर चासो र सो कार्यको भर्त्सना समेत गरेको र संघको बिधान २००५ संशोधन २०११ को दफा २४ अनुसार संस्थालाई नोक्सान पुर्याउने कार्य गरेको ठहर सहित पदिय जिम्मेवारीको दुरुपयोग गरी के कति कारणले यस्ता कृयाकलापमा संलग्न हुन पुगेको कारण खुलाई चित्तबुझ्दो जवाफ सहितको स्प्रष्टिकरण शिघ्र दिन पत्र पनि काटिएको जानकारी गराएको छ । तर यति गर्दा पनि कुनै प्रतिक्रिया नदिएपछी उनलाई एनआरएनए युकेको पदबाट बर्खास्त गरिएको सुचना जारी गरिएको थियो । उनका भाई राजन कंडेललाई पनि एनआरएन आईसीसी सदस्य (युके )बाट पद्च्युत गरिएको जनाइएको थियो ।
उता महेन्द्र कंडेल पक्षधरले निर्वाचन मण्डलको बनावट विधिविधान र मर्यादाक्रम विपरित वनेको ,सदस्यता नविकरण गर्ने काम निर्वाचन मण्डलको नभएर कार्यसमितीले गर्नुपर्नेमा निर्वाचन मण्डल र कार्यसमितीका केहि ब्यक्तिहरुले सदस्यता दर्ता गर्ने काम गरिरहेका पाइएको , निर्वाचन मण्डलको काम भनेको निष्पक्ष तरिकाले निर्वाचन हुने भएमा गराउने , फ्लोरबाट उठेको म्यान्डेटलाई लिखित गरि आउने २ वर्षको लागि निर्वाचित कार्य समितिलाई बुझाउनुपर्नेमा कसैलाई काखा कसैलाई पाखा गरेको । यस्ता विवादहरुलाई मिलाउनुको सट्टा झन बढाएको आरोप लगाएकोछ । यो समूहले संस्थापन पक्षलाई बाहुनवादी सोंच भएको ,एकात्मकवादी ,पहिचान बिरोधी जस्ता आरोप लगाएकोछ ।
संघियबादी तथा जनजातिहरुको पक्षमा भएका कारण बाहुनवादी केहि ब्यक्तिले आफु अर्थात महेन्द्र कडेललाई एनआरएन युकेको कार्य समितिबाट बर्खास्त गरेको समाचार आफनै संचार नेपाल ब्रिटेन डट कममा सम्प्रेषण गरेको आरोप कुल आचार्य माथि लगाएकाछन् । निवर्तमान अध्यक्ष कुल आचार्यले मतपत्र आफ्नो घरमा लागि आफै मत लगाई बिजय भएको घोषणा गरेको गम्भीर आरोप लगाइएकोछ । आचार्य नेपाली नभै भुटानी शरणार्थी भएकोले एनआरएनको मुख्य ऐजन्डा भनेको दोहोरो नागरिकता भएकोले भुटानी व्यक्तिको हातमा एनआरएन युके गएकोले त्यो माग पूरा हुन नसकेको भन्दै खेद प्रकट गरेकोछ । एनआरएनमा ब्यापक आर्थिक हिनामिना भएको आरोप पनि लगाईएकोछ । आचार्य र महासचिव रामशरण सिंखडाको मिलोमतोमा बिभिन्न च्यारिटीबाट संकलन भएको रकम हिनामिना भएको आरोप लगाइएकोछ ।
बेलायतमा करिब ३ लाखको हारहारीमा रहेका नेपालीको साझा संस्था बन्ने सदस्यता लिएपनि गोर्खाली सैनिक र तिनका परिवारलाई आवासीय भिसा दिए लगत्तै अधिकान्स गोर्खाली र तिनका परिवारको बाहुल्य रहेको बेलायतमा एनआरएन नेपाली र गोर्खालीमैत्री बन्न नसकेको आरोप लाग्दै आएकोछ । एनआरएन भन्दा जातिय, क्षेत्रिय संघ संघसस्था बलियो र ठुलो रहेको बेलायतमा एनआरएनलाई नेपालीको नाममा नेपालका राजनीतिक दलहरुको झोला बोकी पदको लोभमा अल्झेका केही पैसावालहरुले खोलेका संगठन भनि आरोप लगाईने गरिन्छ । अहिलेको विवादमा यो मनोबिज्ञानलाई प्रशस्त भजाउन खोजिएकोछ ।
यी दुबै एनआरएनएले एक आगामी १५ सेप्टेम्बर २०१३ मा लण्डनको फरक फरक ठाँउमा पाँचौ महाधिबेसन गर्ने जानकारी गराएका छन जस अनुरुप योगेन छेत्री अध्यक्ष रहेको एनआरएनले अल्पर्टन कम्युनिटी स्कुल वेम्ब्लीमा र महेन्द्र कंडेल अध्यक्ष रहेको एनआरएनले एसियन कम्युनिटी सेन्टर प्लमस्तिड लण्डनमा कार्यक्रम गर्ने जानकारी गराएको छ । पूर्व बेलायती सेना म्याग्दी मराङ्का योगेन छेत्री बेलायत छिरी हाल ब्यावसाय गरी रहेका छन । उनी एनआरएनए युकेका पुर्व सल्लाहकार हुन् भने बेलायतमा व्यावसाय गरी बसेका बाग्लुङका महेन्द्र कंडेल एनआरएनए युकेको उपाध्यक्ष हुन । यी दुई एनआरएनए महाधिवेसन कस्तो हुन्छ त्यो त १५ सेप्टेम्बरमै देखिनेछ तर आगामी अक्टोबर २०१३ मा काठमान्डौमा हुने छैठौ ग्लोबल कन्फेरेन्स्मा भाग लिन कसले पाँउछन दुबैतिरका शुभचिन्तकहरु भने अन्योलमा नै छन ।
डा. चजिन्द्र राना मगर

No comments:
Post a Comment