७ साउन, काठमाडौं । चीनले नेपाली सेनालाई ५० मिलियन
युआन अर्थात करिव ७७ करोड ४९ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका प्रधानसेनापति गौरब शम्शेर
जबराले चिनियां सरकारका तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप ५९ मिलयन युआन बराबरको
२ वटा मोवाइल अस्पतालको प्रोटोकलमा हस्ताक्षर गर्नु भएको छ । सन् २०११ मा भएको
सम्झौता बमोजिम एक सय मिलियन युआनको बाँकी अंश ५९ मिलयनको सामाग्री दिने सम्झौता
भएको हो । त्यसक्रममा चीनले नेपाली सेनालार्इ ५० मिलियन युआन
थप सहयोग दिने घोषणा गरेको सैनिक जनसम्पर्क नेपालले जनाएको छ ।
प्रधानसेनापति जबराले चिनियाँ केन्द्रीय सैन्य
आयोगका उपाध्यक्ष एवं एयर चिफ मार्सल छ्यु खिलिआङ र चिनियां जनमुक्ति सेनाका प्रमुख
फाङ फाङहुइलगायतका उच्च सैन्य अधिकारीहरुसँग भेट वार्ता गर्नु भएको छ । भेटमा दुई
देश र सैनिक संगठनबीचको सम्बन्ध, द्धिपक्षिय हित र सहयोगबारे छलफल भएको थियो ।
No comments:
Post a Comment