१० साउन, काठमाडौं ।
आदिवासी जनजाति आन्दोलनका अग्रज प्रा. डाक्टर ओम गुरुङको दुवै मृगौलामा खरावी
देखिएको छ । नेपाल आदिवासी जनजाति महासंघका
पूर्व महासचिव समेत रहेका गुरुङको उपचारमा आर्थिक सहयोग जुटाउन ‘प्रा. डाक्टर ओम
गुरुङ उपचार सहयोग समिति’ गठन गरिएको छ ।
तमु हृयुल छोजधी राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङको
संयोजकत्वमा गठित सहयोग समितिले गुरुङको उपचारका लागि सहयोग गर्न अपील गरेको छ । ओम
गुरुङको छोरी बिजया गुरुङको स्ट्याण्डर्ड चार्टड बैङ्क जावलाखेल शाखाको वचत खाता नं
१८२५४१२७००१ मा सिधै रकम जम्मा गर्नु भई संयोजक संस्थाको इमेलमा जानकारी
दिनसक्नुहुनेछ ।
डाक्टरहरुको सल्लाह
अनुसार गुरुङको मृगौला प्रत्यारोपण गर्नु पर्ने भएको छ । नेपाल तथा भारतका विभिन्न
अस्पतालका चिकित्सकहरुबाट यथाशिघ्र उपचार गर्नुपर्ने कुरा पुष्टि भएकोले प्रा.
डाक्टर गुरुङ अहिले नेपाल तथा भारतका अस्पतालहरुमा आफू र आफ्नै परिवारको तर्फबाट
उपचार गराइरहनु भएको छ ।
समितिले गुरुङको जीवन
रक्षा गर्नु राज्यको पनि दायित्व भएकाले वहाँको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मा
राज्यले लिनुपर्ने माग समेत गरेको छ । विज्ञप्तीमा प्रा. डा. गुरुङको जीवन रक्षाका
लागि उपचार सहयोग गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ । प्रा.डा.गुरुङ
त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र तथा मानवशास्त्रको प्राध्यापक तथा विभागिय
प्रमुख समेत हुनुहुन्छ ।
No comments:
Post a Comment