काठमाडौं, श्रावण १० । ओरेन्टल को–अपरेटिभ
लिमिटेडका निक्षेपकर्ताहरुले सहकारीमा जम्मा गरिएको रकम तत्काल फिर्ताको माग गर्दै
बिहीबार राजधानीमा प्रर्दशन गरेका छन् । उनीहरुले आफ्नो रकम हिनामिना गर्ने सञ्चालक
सुधीर वस्नेतलाई कारवाही माग समेत गरेका छन् । ११ हजार निक्षेपकर्ताको चार
अर्ब रुपैयाँ भन्दा बढी रकम डुबाउने मूख्य सञ्चालक सुधीर बस्नेतलाई सरकारले छुट
दिएको भन्दै उनीहरुले चर्को आक्रोश पनि व्यक्त गरे । सर्वसाधरण
निक्षेपकर्ताले आफूहरुको रकम फिर्ता गरी सञ्चालकलाई कारवाही नगरे सडक आन्दोलन गर्ने
समेत चेतावनी दिएका छन् । काठमाडौको मैतीदेवीमा प्रधानकार्यालय रहेको
ओरेन्टल को–अपरेटिभले आफ्ना १३ शाखामार्फत एघार हजार भन्दा बढी बचतकर्तावाट जम्मा
गरेको चार अर्ब भन्दा बढी रकम हिनामिना गरेको निक्षेपकर्ताहरुको आरोप छ ।
No comments:
Post a Comment