सन्तोष दाहाल । बहराइन, २७ जुलाई – लाली गुराँस सेवा समाज बहराइनले दार्चुलामा आएको बाढीपीडितका लागि नेरु ५० हजार हेल्प नेपाल मार्फत सहयोग गरेको छ । समाजका सदस्य तथा बाढी पीडित सहयोग समितिका सदस्य शशी अधिकारीले हेल्प नेपालको केन्द्रीय कार्यालय काठमाण्डौमा नेपाली रुपैयाँ ५० हजार हस्तान्तरण गरेका हुन ।समाजका अध्यक्ष यादवप्रसाद देवकोटाले सहयोगकालागि हेल्प नेपाललाई धन्यवाद दिदै रकम संकलन गर्न सहयोग गर्नेलाई पनि धन्यवाद दिएका छन् ।
No comments:
Post a Comment