Tuesday, 30 July 2013

युकेका जनजातिद्वारा पत्रकारलाई धम्की

१५ साउन, एनआरएनए युकेले नेकाका नेता गगन थापालाई बोलाई गरेको कार्यक्रममा गै कालों झन्डा देखाएको बिषयलाई लिएर पत्रकार महासंघका अध्यक्ष समेत रहेका पत्रकार नवीन पोख्रेलले भ्रामक समाचार दिएको भन्दै जनजाति सम्बद्ध संस्थाहरुले कड़ा चेतावनी दिएका छन् ।
त्यसैगरि एनआरएनएलाई समेत अब उप्रान्त जनजाति आन्दोलन विरोधि दलका नेताहरुलाई नबोलाई दिन आग्रह गरिएको छ । तर बिज्ञप्तिमा भने आग्रह भन्दा बढ़ी धम्कीका भाषा प्रयोग गरिएका छन् । पढ्नोस बिज्ञप्ति-

प्रेश विज्ञप्ती
गैर आवासीय नेपाली संघ (एनआरएन) युकेले रेडिङमा आयोजना गरेको च्यारिटी डिनरमा एनआरएनका केही व्यक्तिहरुको नितान्त स्वार्थपूर्तिको लागि षडयन्त्रमूलक ढंगले पहिचान सहितको संघीयता विरोधी तथा नेपालको राष्ट्रिय राजनीतिमा चौतर्फी बदनामी कमाएका नेपाली कांग्रेसको केन्द्रीय सदस्य गगन थापालाई अतिथिका रुपमा आमन्त्रण गरेकोमा संस्थाको गरिमा झन तल झरेको हाम्रो ठहर छ । बेलायतबासी नेपालीहरुको प्रतिनिधिमूलक एनआरएनले विपि कोईरालाको ३१ औं स्मृति दिवस नै पारेर कार्यक्रम तय गर्नुलाई संयोग मात्र थियो भन्न सकिन्न ।
लामो समयदेखि उत्पीडनमा परेका आदिवासी जनजाति, मधेसी, दलित मुस्लिम तथा पिछाडिएका समुदायलाई संविधानमार्फत अधिकार दिलाउन एकल जातीय पहिचान र जातिय जनस्ंख्याको आधारमा पूर्ण समानूपातिक प्रतिनिधित्व सहितको संघियताले  मात्र सम्भव हुने  तर नेपाली कांग्रेस जस्तो निर्णायक भूमिका भएका पार्टीहरूको कृयाकलापबाट संबिधान लेखन कार्य अन्तिम चरणमा  आइसकेको अवस्थामा पनि  सहमतिमा नपूगि संबिधान सभाको आवशान गरिनु, पहिचान सहितको संघियतामा आल्टाल गरिरहनु, जातिय जनसन्ख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्वमा कन्जुस्यार्इ गर्नु र गोर्खा र संबन्धितहरूका स्टाटसमा समेत असर पर्ने गरि डुवल नागरिकताको मुद्धालाइ एनआरएन आइडिमा टुङ्ग्याइदिनु आदिका कारणहरूले पनि   यि यस्ता पार्टीहरू संघ संबन्धित कुनैपनि नेताहरूलार्इ स्वागत गरेर स्याबासी दिनु  अनर्थ हुन्छ भन्ने  निष्कर्ष अनुसार बेलायतीवासी संघीयता पक्षधर जनजाति महासंघका समर्थकहरू राष्ट्रिय जनमुक्ति पार्टी बेलायत, मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद र  नेपाली संघीय समाजवाद (युके)  पार्टीका कार्यकर्ताहरुले दबावस्वरुप नेता थापालाई कालो झण्डा देखाएर विरोध गरेका थियौं । त्यसमा एनआरएनए जस्तो प्रतिष्ठित संस्थाले आयोजना गरेको कार्यक्रम बिथोल्ने हाम्रो उद्धेश्य थिएन । यदि थापालाई सम्वोधन गर्न मञ्चमा नवोलाएको भए हाम्रो विरोध हुने पनि थिएन ।
कार्यक्रमलाई थप प्रभाव नपरोस भनि सचेत हुँदै केही क्षण मै हलबाट वाहिरिएकोमा पत्रकार महामसंघ युकेका अध्यक्ष नविन पोख्रेलले “कालो झण्डा देखाएर होहल्ला गरे पछि जनजातिहरुले नै विरोधीहरुलाई कार्यक्रमस्थलबाट बाहिर निकालेर कार्यक्रम सुचारु भएको” जस्ता अतिरञ्जित समाचार सम्प्रेषण गरी पीत पत्रकारिताको खेती गर्ने पत्रकारहरुप्रति हामी घोर भ्रत्स्रना गर्दछौं ।  पूर्व योजना अनुसार हामी आफै बाहिरिएको आम सहभागीहरुले समेत प्रत्यक्ष देखेको हुँदाहुँदै कालो झण्डा देखाउनेहरुलाई प्रहरी बोलाएर घोक्रेठ्याक लगाई बाहिर निकालियो जस्ता दुस्प्रचारले संघीयता विरोधीहरुको पक्षपोषण गरेको सुन्योजित षडयन्त्र भएको ठहर गर्दै, त्यस्ता तत्वहरुलाई सचेत रहन चेतावनि पनि दिन्छौं ।
भविष्यमा गैर आवासीय नेपाली संघ (एनआरएन) युकेले राजनैतिक बिवादमा मुछिएका व्यक्तिहरुलाई  सहभागी नगराउने  हरेक कार्यक्रमहरुमा हाम्रो निरन्तर सहयोग तथा सहभागिता रहने प्रतिवद्धतासमेत यसै प्रेस विज्ञप्ती मार्फत ब्यक्त गर्न चहान्छौं ।
भरत थापा मगर : अध्यक्ष राष्ट्रिय जनमुक्ति पार्टी बेलायत (००४४ -७९१६८६७७१६)
लोकेन्द्र तवेवुङ : अध्यक्ष मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद, बेलायत (००४४-७४८६५९२९०६)
भगवान चाम्लिङ : अध्यक्ष नेपाली संघीय समाजवाद (युके) (००४४- ७७२६४९६३१०)

No comments:

Post a Comment