काठमाडौं, श्रावण ५ - एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीले राजीनामा दिएका छन् । राजधानीमा जारी विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एकल पदाधिकारीको प्रस्ताव राखेपछि श्रेष्ठ र बोगटीले राजीनामा दिएका हुन् । दाहालको प्रस्तावमा श्रेष्ठले भने तीब्र असन्तुष्ट राख्दै आएका छन् ।
श्रेष्ठ र बोगटीले राजीनामा नदिएको अवस्थामा पनि उनीहरुको पद आइतबार खारेज हुँदै थियो । दुवैले शनिबार साँझ नै राजीनामा दिएका थिए ।
श्रेष्ठ र बोगटीले अध्यक्ष दाहाललाई राजीनामा बुझाएको बताए पनि विस्तारित बेठकमा सार्वजनिक गरिएन । उपाध्यक्ष श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीले राजीनामा दिएको चर्चा आउँदा पनि विस्तारित बैठकमा सार्वजनिक नगरिएको भन्दै आक्रोस व्यक्त भएको छ ।
सहभागी एक नेताका अनुसार शनिबार समूहगत धारणा राख्ने १६ वटै टोलीले राजीनामाबारे विस्तारित बैठकमा जानकारी गराउन माग गरेका छन् । 'राजीनामाबारे स्पष्ट मार्न माग गर्यौं,' ती नेताले शनिबार साँझ ईकान्तिपुरसित भने, 'उहाँहरुले बोल्नुभएन ।'

No comments:
Post a Comment