Saturday, 20 July 2013

यु–१६ साफ फुटबलः भुटान विरुद्ध नेपाल ७ - ० ले विजयी

काठमाडौं, श्रावण ५ । दोस्रो यु–१६ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले गतिलो सुरुवात गरेको छ। आजदेखि राजधानीमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ७–० को फराकिलो अन्तरले पराजित ग¥यो । दशरथ रंगशालामा भएको खेलको मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको नेपालले मध्यान्तरपछि लगातार गोल गरेको थियो । नेपालका लागि कप्तान हेमन्त थापा मगर र विमल घर्ती मगरले ह्याट्रिक गरे । नेपाललाई फराकिलो जित दिलाउन शिव सुवेदीले एक गोल थपे । 
यता, ललितपुरस्थित नेपाली सेनाको मैदानमा भएको पाकिस्तान र अफगानिस्तानबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ । नेपालको रहेको समूह ‘ए’मा भुटान, पाकिस्तान र अफगानिस्तान रहेका छन् । त्यसैगरी समूह ‘बी’मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् ।
समूहको दोस्रो खेलमा नेपालले सोमबार अफगानिस्तानसँग खेल्दैछ । त्यसैगरी समूहको अन्तिम खेलमा नेपालले बुधबार पाकिस्तानसँग खेल्नेछ । दक्षिण एसियाका सात टिमले सहभागिता जनाएको प्रतियोगितामा नेपाल प्रमुख उपाधि दावेदार हो । सन् २०११ मा काठमाडौंमा सम्पन्न पहिलो संस्करणमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

No comments:

Post a Comment