काठमाडौ, श्रावण ६ - पूर्वमन्त्री तथा आदिवासी जनजातिका अगुवा नेता गोरेबहादुर खपाङ्गीको स्वास्थ्य उपचारकालागि सरकारले आर्थिक सहयोग गर्न गोरेबहादुर खपाङ्गी मगर उपचार सहयोग समितिले माग गरेको छ । उपचारकालागि आर्थिक व्यवस्था मिलाउन पटक-पटक सरकारसँग माग गरेपनि सरकारी पक्षबाट वेवास्ता भएको कोषका संयोजक शंकर लिम्बूले बताएका छन् । दुई महिना अघि राजधानीको भृकुटीमण्डपमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते खपाङ्गीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।
पूर्वमन्त्री समेत ररहेका नेता खपाङ्गीको स्वास्थ्य अवस्था झन झन बिग्रदैं गएको र तत्काल उपचार गराउन सरकारले चासो नदेखाएको गुनासो छ । दुई महिना अघिदेखि नर्विक अस्पतालमा उनको उपचार भइरहेको छ ।‘राजनीतिक नेता तथा पहुँचवालाहरुलाई सामान्य रोग लाग्दा समेत तुरुन्तै सरकारी रकममा विदेशमा उपचार गर्न पठाउने सरकारले आदिवासीहरुको नेता खपाङ्गीको सवालमा सरकारको उदसीनता प्रति खेत प्रकट गर्दछौं ।’ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले भने ।
उनले जनजातिका अगुवा नेता खपाङ्गीको उपचारमा सरकार तथा सम्बन्धीत निकायलाई गम्भीर भइदिन अनुरोध गरेका छन् । खपाङ्गीलाई सरकारले तत्काल आर्थिक सहयोग जुटाइदिनुपर्ने भन्दै आयोजना गरिएको पत्रकार सम्मेलनमा हालसम्म जनजाति तथा सरकारले सहयोग गरेको दुई लाख रुपैंयाँ गरी जम्मा २२ लाख रुपैंयाँ संकलन भएपनि २० लाख रुपैंया उपचार खर्चमा सकिएको उपचार सहयोग समितिले जनाएको छ । टाउकाको शल्यक्रिया गरिएपनि स्वास्थ्यमा सुधार नआएपछि खपाङीलाई सिंगापुर वा भारतको नयाँ दिल्लीको मेदान्त अस्पतालमा तत्काल लैजान सकिए उनको जीवन बचाउन सकिने अस्पताल श्रोतले बताएको विज्ञप्तीमा उल्लेख छ ।

No comments:
Post a Comment