Add caption |
उनलाई उदृत गर्दै एफपीले लेखेको छ,'म निकै तनावमा छु । यो निकै क्रुर निर्णय हो । म यहाँबाट मुक्ति चाहन्छु ।' यो घटनाले नर्वेका अधिकारवादी र सरकारी अधिकारीलाई आक्रोशित बनाएको छ ।
डलेल्भका अनुसार उनी मार्च ६ तारिखका दिन उनी दुबईको एक नाईट क्लबमा साथीहरुसाँग जाँदा बलात्कृत भएकी हुन् । तर, प्रहरीलाई उजूरी गर्दा आफ्नो पासपोर्ट र पैसा खोसेर उल्टी आफूविरुद्ध मुद्दा चलाइएको भनाई महिलाको छ । उनी हाल दुबईस्थित नर्वेजियन सिमास सेन्टरमा शरण लिइरहेकी छन् । उनले समस्याको समाधानको लागि घटना सार्वजनिक गरेको जनाएकी छन् ।
अदालतले फैसला गरेपछि उनी प्रहरीको खोजीको सूचीमा परेकी छन् । नर्वेको बिदेश मन्त्रालयले घटनालाई आफ्नो देशको न्यायको मुखमा झिँगा भनी टिप्पणी गरेको छ । नर्वेले दुबईका अधिकारसाग सम्पर्क गरी घटनाबारे जानकारी लिने कोशिश भइरहेको जनाएको छ । घटनाको बिभिन्न मानवअधिकारवादी संस्थाले विरोध जनाएका छन् ।
No comments:
Post a Comment