लमजुङ, असार १० । हिमालपारीको जिल्ला मनाङमा
पहिलोपटक होमस्टे शुरु गरिएको छ । मनाङको धारापानी गाउं विकास समिति वडा नम्बर ६, ७
र ८ मा पर्ने ओडार गाउंमा होमस्टे शुरु गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र
आयोजना एक्यापको सहयोग तथा पहलमा ओडार गाउंमा होमस्टे सञ्चालन गरिएको हो । मनाङको
उपल्लो धारापानीबाट करिब ३० मिनेटमा ओडार गाउं पुग्न सकिन्छ ।
गाउं नपुग्दै डिलको बाटोमा बसेका गाउंलेहरुले सगुन खुवाएर पर्यटकहरुको स्वागत गर्छन् । अन्नपूर्ण पदमार्ग घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकका लागि नजिकको होमस्टे गाउं ओडार हुनसक्छ । होमस्टेले गाउंलेको आर्थिक स्थितिमा सुधार आउनुको साथै कला संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने स्थानियबासीन्दा बताउंछन् । यहां रहेका ३२ घरधुरी मध्ये १५ घरमा होमस्टे शुरु गरिएको छ ।
ओडार गाउं आउने पाउनालाई गाउंलेहरुले
आर्गनिक खानेकुरा खुवाउंछन् भने गुरुङ संस्कृतिका नाचंबाट पर्यटकले मनोरञ्जन लिन
सक्छन् । ओडारको नम्रुचो डांडाबाट मनास्लु, थोचें, ताल, ताचै गाउंको साथै सलल बगेको
मस्र्याङ्दी र दुधखोलाको मनोरम दृष्य देख्न सकिन्छ ।गाउं नपुग्दै डिलको बाटोमा बसेका गाउंलेहरुले सगुन खुवाएर पर्यटकहरुको स्वागत गर्छन् । अन्नपूर्ण पदमार्ग घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकका लागि नजिकको होमस्टे गाउं ओडार हुनसक्छ । होमस्टेले गाउंलेको आर्थिक स्थितिमा सुधार आउनुको साथै कला संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने स्थानियबासीन्दा बताउंछन् । यहां रहेका ३२ घरधुरी मध्ये १५ घरमा होमस्टे शुरु गरिएको छ ।
No comments:
Post a Comment