१० असार, काठमाण्डौं । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको पाल्पा स्थित
पोखराथोक ६ नम्बर वडामा रहेको घर छेउमा शंकास्पद बस्तु भेटिएको छ । रेग्मीको
पुख्यौली घरको नजिककै करिब ३/४ मिटर पर झोलामा शंकास्पद बस्तु भेटिएको हो ।
बिष्फोटक पदार्थ हुन सक्ने आशंकामा बुटवलबाट गएको डिस्पोजल टोलीले हेर्दै गरेको
पाल्पाका प्रहरी नायब उपरिक्षक स्थानेश्वर रेग्मीले जानकारी दिनुभयो । प्रहरीका
अनुसार झोलासँगै बैद्य नेतृत्वको नेकपा माओबादीको पर्चा भेटिएको छ । स्थानियबासीले
सो शंकास्पद झोला देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
No comments:
Post a Comment