बाग्लुङ असार ९ - मध्यपहाडी लोकमार्गमा पर्ने १० वटा बजारलाई 'नमूना सहर' बनाउन सहरी विकास तथा भवन निर्माण विभागले विस्तृत अध्ययन थालेको छ। ती सहरको भौतिक पूर्वाधार विकासमा विश्व बैंक र एसियाली विकास बैंकले लगानी गर्ने भएका छन्।
बाग्लुङको बुर्तिबाङसहित तनहुँको डुमे्रभन्ज्याङ, रुकुमको चौरजहारी, बैतडीको पाटन, अछामको साँफेबगर, पाँचथरको फिदिम, सिन्धुलीको खुर्कोट, दैलेखको राकम कर्णाली र धादिङको बैरेनीलाई आधुनिक र व्यवस्थित बनाउन विभागले काम अघि बढाएको हो। बुर्तिबाङमा ढल व्यवस्थापनमा अल्भि्करहेको सहरी विकास तथा भवन निर्माण विभागले अब विस्तृत कार्य योजना बनाएर अघि बढ्ने जनाएको छ। विभागका उपमहानिर्देशक गिरिजाप्रसाद गोर्खाली नेतृत्वको टोली बुर्तिबाङ आएर अध्ययन थालेको छ। बाग्लुङसहित दसवटै सहरको व्यवस्थित डिजाइन इस्टमेट बनाएर अघि बढ्न लागिएको उपमहानिर्देशक गोर्खालीले बताए। 'पहिलो चरणमा १० सहरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर काम थालेका हौँ,' गोर्खालीले भने, 'सम्बन्धित स्थानमा परियोजनाको कार्यालय राखेर अध्ययन थालेका छौँ।' अन्यत्र पनि परियोजना बिस्तार गर्ने उनले बताए।
ती सहरमा सडक, खानेपानी, ढल निकास, खेल मैदान, सरकारी कार्यालय, सार्वजनिक शौचालय, रंगशाला, बसपार्क, आधुनिक भवन कहाँ–कसरी बनाउने भन्नेबारे अध्ययन भइरहेको विभागले जनाएको छ। 'दातृ निकाय पनि लगानी गर्न इच्छुक छन्,' गोर्खालीले भने, 'विगतदेखि नै विभिन्न सहरी क्षेत्रमा काम गरेकाले एडिबी र विश्व बैंकले रुचि देखाएका छन्।'
बाग्लुङको बुर्तिबाङमा यो वर्ष २० लाख लागतमा ढल व्यवस्थित गर्ने काम भइरहेको छ। बुर्तिबाङमा जग्गा कम भएकाले व्यवस्थित बनाउन समस्या हुने गोर्खालीले बताए। 'बजार बिस्तार भइसकेको छ,' उनले भने, 'जग्गा थोरै भएकाले के गर्ने भन्नेबारे सोचिरहेका छौँ।' स्थान पहिल्यै छनोट भएकाले ठाउँ परिवर्तन गर्न अप्ठयारो भएको विभागले जनाएको छ। विभागले रुकुमको चौरहजारी र दैलेखको राकम कर्णालीमा जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ। सहर बसिसकेकाभन्दा सहरोन्मुख ठाउँमा यो कार्यक्रम प्रभावकारी हुने उनले बताए।
एडिबी र विश्व बैंकले सहरी विकास कार्यक्रममा सन् २००९ यता करिब १८ अर्ब ४४ करोड लगानी गरेको विभागले जनाएको छ। एडिबीले वीरगन्ज, विराटनगर र बुटवलमा सहर वातावरण सुधार परियोजना र धरान, नेपालगन्ज, जनकपुर, सिद्धार्थनगर नगरपालिकामा एकीकृत सहर विकास परियोजनामा लगानी गर्दै आएको उनले बताए। त्यस्तै विश्व बैंकले धनकुटा, इटहरी, मेची, पाल्पा, बाग्लुङ, लेखनाथ नगरपालिकामा एकीकृत सहरी शासकीय सुधार परियोजनामा लगानी गरेको छ। त्यस्तै एडिबीले काठमाडौं सहरी विकास, पोखरा वातावरण सुधारलगायत काममा सघाएको थियो।

No comments:
Post a Comment