सिरहा, ९ असार । मानसिक सन्तुलन खराब रहेको एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बस्तीपुर ८ का रामविलास महराले शनिबार राति श्रीमती रुनादेवी महराको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले बताएको छ । हत्यापछि रामविलास फरार भएकाले हत्या गर्नुको कारणबारे खुल्न नसकेको प्रहरीको भनाइ छ । रुनादेवीका दुई छोरा छन् ।
No comments:
Post a Comment