दुबई असार १। जनजाति नेता गोरेबहादुर खपांगीको स्वास्थ्य
उपचारको लागि युएईमा रहेका प्रवासी नेपालीहरुले ८१ हजार १ सय आर्थिक सहयोग गरेका
छन् । मगर संघ युएईको पहलमा आर्थिक सहयोग संकलन गरिएको हो । उक्त रकम नेपाल मगर
संघका केन्द्रीय कोषाध्यक्ष तथा गोरेबहादुर खपांगी मगर उपचार समितिका संयोजक
कुलप्रसाद पुन मगरको नाममा पठाएको छ ।
गत महिना काठमाण्डौंस्थित मोटरसाइकलको ठक्करबाट
दुर्घटनामा परेका खपांगीको थापाथलीस्थित नर्मिक हस्पिटलमा उपचार भइरहेको छ ।
उपचारको क्रममा स्वास्थ्यप्रति निकै सुधार आएका छन् ।
No comments:
Post a Comment