डा. चजिन्द्र राना मगर,
लन्डन
पुस २३ - म्याग्दी उत्तरपुर्व तथा पर्वत जिल्लाका पोखरा ,चितवन लगायतका शहर पसेका केही व्यक्तिहरुबाट सुरु गरिएको पुन समाज नेपालले प्रारम्भमा निक्कै राम्रो उद्देश्य लिएको देखिएतापनि पछि केही निस्चित व्यक्तिहरूको स्वार्थको कारण पुन मगर नभई छुट्टै जाति रहेको जिकिर गर्दै आन्दोलन गर्दै आईरहेकोछ । उसको दावी , पुनहरूको अन्य मगरको भन्दा छुट्टै संस्कार र संस्कृति भएकोले पुन मगर नभई छुट्टै जाति हुन् । तिनले पुन मगर होईनन् भन्न दिने गरेका तर्क यस्ता छन् - पुनले भेडाले कुलायन पूजा गर्छन् अन्य मगरले सुंगुरले पूजा गर्छन् ,पुनहरूको भाषा खाम भाषा हो ,पुनहरू प्रकृतिपुजक हुन ,पुन हरूको पोशाक फरक छ, पुनहरू निलो पटुकी लगाउछन भने अन्य मगर महिला पहेलो पटुकी लगाउछन आदि । तर यी तर्क अत्यन्त बचकाना छन् । म्याग्दिका पुन मात्र होईन बुढा, घर्ती राना ,रोका थरका मगरहरूले पनि भेडाले नै कुल पुज्छन । रुकुम रोल्पाका केही थरी पुनहरूले कालो सुंगुरले पूजा गर्छन् यसको अर्थ के ती पुन होइनन ? त्यस्तै पुन हरूको भाषा खाम हो तर रुकुम रोल्पा म्याग्डी बाग्लुङ्का घर्ती बुढा रोका राना आदि मगरहरूले बोल्ने पनि खाम भाषा नै हो । ति अर्काे भाषा बोल्दैनन् । ति अन्य थरका सबै मगरहरु प्रकृतिपुजक नै हुन् । पश्चिमका सबै मगरहरुले त्यहि अनुरुप कर्मकाण्ड गर्ने गरेकाछन् । पुनहरुको उत्पत्ति मानिएको र अहिलेपनि बाहुल्य भएको जिल्ला रुकुम र रोल्पाका पुनसंग बुढा, रुोका, घर्ती लगायतका थरहरुको भिन्नता छैन । ति सबै एउटै कर्मकाण्ड र संस्कार गर्छन् । एउटै भाषा बोल्छन्, अनि कसरी भए पुन बेग्लै ? खाम कसरी पुनको मात्र भयो र कसरी पुन अन्य मगर भन्दा भिन्न भयो ?
विश्वको अस्तित्वपछि मानव जीवनको उत्पति र यस्को बिकास क्रममा मानव सभ्यता सँगसगै संसारको हरेक कुनामा प्रकृतिलाई अलौकिक शक्ति मानी रुख ,खोला, नाला ,ढुंगा आदिको पूजा गर्दै आएको पाईन्छ । यो कुनै निस्चित जाति ,समुदाय भुगोलमा मात्र होईन संसार भर यसको अस्तित्व आज सम्म पनि छ । प्रकृतिपूजक अफ्रिकामा पनि छन् अमेरिकामा पनि छन् चाइनामा जता सुकै छन् । यो धर्म नभै संस्कार हो । पछि मान्छे चेतनशील हुदै गएपछि धर्म आविस्कार गरिएको र त्यसमा समाहित हुदैं गएको देखिन्छ । प्रकृति पुज्नु धर्म होईन । धर्म हुनलाई कुनै दर्शनको बिकास हुनु पर्दछ जस्तै बुद्ध, हिन्दु, क्रिश्चियन धर्म ।
पोशाक जन्मिदै कसैले लगाएर आएको होईन । सुरुमा निर्वस्त्र र चेत छिप्पिदै जाँदा मानिसले रुखको बोक्रा हुँदै जनावरका छाला हुदै अहिले अत्याधुनिक स्वरुपमा आइ पुगेको छ- आफू सुहाउदो पोशक लगाउने गर्छन् । त्यसैले कसैले पनि मेरो रंग यस्तो मेरो पोशाक यस्तो भनेर दावी गर्नु निरर्थक छ । तर कुरा के हो भने जब समुदाय देश बन्ने प्रक्रिया सुरु भयो पहिचान स्वरुप नाम दिए । त्यसलाई चिनाउन राष्ट्रिय झन्डा ,पोशाक आदि इत्यादी बने, बनाइए । जस्तै पुन समाज नेपालले दावी गरे जस्तो यो होईनकी पहेलो जन्मिदै लिएर आएको, अर्काको निलो उसले जन्मिदै बोकेर आएको ! धेरैलाई मगर पोशाक कसरी जन्मियो भन्ने जानकारी नभएर पनि पहेंलो र नीलोको कतै नपुगिने तर्क गरिदैछ । मगर गुरुङको पोशाकको ऐतिहासिकता लामो छैन । यसको सम्बन्ध लाहुरे जाने प्रथा संग छ । लाहुरे हुन गएकाहरुले आफ्ना श्रीमतीहरुलाई ल्याईदिएको पोशाकलाई कालान्तरमा अर्थात धेरैपछि मात्र जातीय पोशाकको रुपमा अंगिकार गरिएको हो । यो २०४६ सालको परिवर्तनपछि बढेको हो । तपाई आफै अनुमान गर्न सक्नुहुन्छ, हामी लाहुर जान थालेको कति बर्ष भयो र यो पोशाकको ऐतिहासिकता कति पुरानो भयो । अनि त्यहि पोशाकको रंगलाई लिएर सयौं हजारौं बर्षदेखि बन्दै आएको धर्म, संस्कार , संस्कृतिको अंग दावी गर्ने ब्यक्तिहरुको बौद्धिकताले समाजलाई कता डोहोर्याएला सोंच्न जरुरी छ ।
हाम्रो समाज चेतनशील छैन । त्यसैले लह्लहैमा दगुर्ने चलन छ । त्यस्तै यूकेका पुनहरुमा पनि हुन गएकोछ, भर्खर । यो हावा नेपालबाट सरेको देखिन्छ ।सन २००७ मा स्थापित पुन समाज युके पनि अन्य मुलुकमा जस्तै नेपालमा चर्किएको पुन विवादको कारण विवादित वन्दै गएकोमा यसपालि त्यसले विकराल रुप लिएकोछ । नेपालमा गत बर्ष २०१३ साल जनवरी २९ मा सुरु भएको महाधिवेसन पुन र पुन मगर विवादको कारण पटक पटक स्थगित भएको थियो । पुन जाति छुट्टै दावी गरे पनि यसको कुनै ऐतिहासिक, पुरातात्विक प्रमाणहरू छैनन् तर किन पुनलाई छुट्टै जाति हो भन्दै फुटाउन खोजिएकोछ ? नेपालको तेश्रो ठुलो र आदिवासी जन्जाति मध्ये पहिलो स्थान ओगट्ने मगर भित्र रहेको विविध साँस्कृतिक ,भाषिक ,जातिय बिबिधतालाई अर्घेलेको रुपमा तेर्स्याई मगर टुक्र्याउने खेलमा सत्ताधारीहरू लागेको केहीको ठम्माई छ ।
जातिय चेत र जागरण नहुदा सम्म कजाउन सजिलो हुने तर जब जातिय चेत बढ्दै गएपछि राज्यसत्तामा सबै भन्दा ठुलो भाग पाउने समुदाय मगर हुने भएकोले सत्ताधारीहरू ऐतिहासिक काल देखिनै मगर समुदायलाई छिन्न भिन्न बनाउने खेल्मा लागि रहेको बुझ्न कठिन नभएको केही जानकारहरू बताउछन । अशिक्षित र अचेतलाई दबाउन सजिलो हुने तर जब यी शिक्षित र चेतनशील भए त्यसलाई अचेत वा अशिक्षित बनाउन नसकिने हुँदा राज्यसत्तामा हाली मुहाली एक जातिय ,वर्गको राज्य सत्ता टिकाइ राख्न कुनै दिन यी समुदाय सङगठित भए आज नभए भोलि ,भोली नभए पर्सी राज्यसत्तामा पहुच पुर्याउन सक्ने हैसियत राख्ने हुँदा यिनीहरूलाई दबाउन बिभिन्न बहनामा कहिले विश्वयुद्दमा लड्न पठाएर होस् वा जनयुद्दको नाममा हतियार बोकाएर होस् मास्ने काम हुँदै आएको विश्लेषण गरिन्छ ।पछिल्लो समयमा जातिय विवाद टेर्स्याएर टुक्र्याउन खोजेको देखिन्छ यो मगरमा मात्र होईन अन्य जातिहरु गुरुङ ,राई आदिमा पनि देखिएको छ ।
विवादको असर र प्रभाव
पुन विवादको परिणाम देखिन सुरु भएको छ । ४६ साल अघिको नेपाल निरन्कुश सासनकालमा कसैले बोल्न र संगठित हुने कुरा निक्कै चुनौतीपूर्ण थियो तर त्यसपस्चात भने सबैले खुलस्त भएर सङठित हुने मौका पाए । जसको फल्स्वरुप बिभिन्न राजनैतिक पार्टी ,जातिय संघ संस्थाहरूले मौलाउने मौका पाए । बहुदलिय प्रजातन्त्रको अभ्यास गर्दै चुनावी मैदानमा बिभिन्न दलहरू उत्रिए । यहि क्रममा दलहरूले भुगोलको बस्तु स्थिति आँकलन गरि जनघनत्वको आधारमा बिशेष जातिलाई त्यहिंको उम्मेद्वार बनाइएको पाइएको छ , केही जिल्ला क्षेत्रहरुमा जस्तै म्याग्दी जहाँ पछिल्लो जनगणना अनुसार ४० प्रतिशत मगर रहेको तथ्याँक छ । त्यहि अनुपातमा २०४६ सालको राजनैतिक घट्नाक्रम पस्चात २०४८ सालको चुनावमा एमालेकी थम माया थापा मगर ,२०५१ सालमा निला तिलिजा मगर ,२०५६ सालमा नारायण सिंह पुन विजय भएका थिए ।
२०४६ साल अघि जातिय चेत हुन सक्ने कुरै भएन त्यसैले एक्लौती रुपमा पन्चेका भरौटे ०.१० प्रतिशत स्थान ओगट्ने थकाली समुदायका भिम प्रसाद गौचनहरूको दवदवा थियो । जव बहुदल आयो जातिय चेतनाको लहर बढ्यो र म्याग्दिमा कुनै पनि दलले गैर मगर उठाउने साहस गरेन । तर प्रभावशाली नेता नारायण सिंह पुन बितेर गएपछि पुन समाज खोलेका केहि ब्यक्तिले पुनहरू मगर होईन भनि क्याम्पेन गर्न थाल्नुले म्याग्दिका मगरहरुमा अन्योल थप्यो । म्याग्दिका एक थरी पुनहरू हामि मगरै हौ भनेर उत्रे भने केही पुनहरू मगर होइनौ भन्दै उफ्रिदा पहिलो संविधानसभा चुनावमा प्रत्यक्ष तर्फ पहिलो पल्ट माओवादीका गोविन्द पौडेलले वाजी मारे । त्यो सिलसिलामा कायमै रहयो २०६४ सालको संविधानसभा चुनावमा पनि १०.५ प्रतिशत भन्दा कम स्थान ओगट्ने बाहुन समुदायका नवराज शर्माले बहुसंख्यक जनसंख्या हुने मगर समुदायलाई प्रत्यक्ष तर्फ पछारिदिए । काग्रेंसका खामविर गर्वुजाले दोश्रो स्थानमा चित्त बुझाउनु पर्यो । हुन त म्याग्दी एमाले को गढ नै मानिन्छ तर पनि अघिल्ला चुनावमा मगरको उपस्थिती सन्तोषजनक रहे पनि अघिल्लो र पछिल्लो संबिधान सभाको चुनावमा राम्रो रहेन । यसपालीको चुनावमा पनि बिबिध कारण मध्ये मगर एकतामा आएको डरार पनि एक मानिन्छ । धेरै मगरहरू गर्बुजा मगर हुन की पुन मात्र हुन भन्नेमा अन्योल रहे । अघिल्ला चुनावमा त्यस्तो समस्या थिएन , त्यस्तै लोकेन्द्र बिष्ट मगर एक त उनी बाहिर देखि आएको त्यसमाथि पनि पुन छुट्टै हौ भन्नेहरूको भोट तिनले पाउन सकेनन र तेश्रो स्थानमै चित्त बुझाउनु पर्यो ।
फुटको परिणाम कुनै बेला निकै चर्चित बाग्लुङका नेकपा एकिकृतका नेता परिथापा छ्न्तेलले भोगी सकेका छन् । परि थापा मगर भै चुनाव लड्दा सधैं जित्दै आएका थिए । उनको चुरीफुरी निक्कै थियो तर मगरबाट चोइटिनासाथ उनी अहिले कहाँ छन् पत्तो छैन । किनकी प्रजातन्त्रमा संख्याको महत्व हुन्छ ,त्यहाँ भोटको ताकत ठुलो हुन्छ । यसरी मगर गाँउबाटै मगरहरूको आन्तरिक किचलोको कारण आफ्नो दुख र पीडा बुझ्ने प्रतिनिधित्व संबिधानसभामा पठाउन नसकेपछि आफ्नो अधिकारको आशा गर्नु दिवास्वपन मात्र हुनेछ । गौरवपूर्ण ईतिहास बोकेको मगर जाति छिन्न भिन्न हुदै जाने हो भने एक दिन मगरको अस्तित्व नै लोप हुने खतरालाई नकार्न सकिन्न । मगर होईनौं भन्ने पुन साथीहरुले यस्तो गम्भीर यथार्थलाई आत्मसात गरे हाम्रो आवाज र शक्ति ढिलो चाँडो सशक्त हुनेमा दुई मत छैन ।

No comments:
Post a Comment