विराटनगर, असार ११ । विराटनगर विमानस्थलमा तालिम
प्राप्त कुकुरवाट चेकजाच शुरु गरिएको छ । राजधानी वाहिरको विमानस्थलमा पहिलोपल्ट
तालिम प्राप्त कुकुर परिचालन गरी विमानस्थलको सुरक्षा जाच गरिएको हो । विराटनगर
विमानस्थलको सुरक्षा कमजोरी वढदै गएपछि लागु औषध र विष्फोटक पदार्थको निगरानीका
लागि कुकुर परिचालन गरिएको जनाइएको छ ।
अञ्चल प्रहरी कार्यालय धरानमा रहेको
तिनवटा तालिम प्राप्त कुकुर परिचालन गरी विमानस्थलको सुरक्षा जाच शुरु गरिएको
विराटनगर नागरिक उड्यान कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।
No comments:
Post a Comment