३१ जेठ, विराटनगर । विराटनगर उपमहानगरपालिकालगायत छेउका नगरोन्मुख गाविस क्षेत्रमा
हुने गरेको गुन्डागर्दी तथा आपराधिक क्रियाकलाप रोकथामका लागि मोरङ प्रहरीले विशेष
अभियान सञ्चालन गर्ने भएको छ । केही दिनदेखि यस क्षेत्र वरपरमा गुण्डागर्दी एवम्
आपराधिक क्रियाकलाप वृद्धि हुन थालेपछि प्रहरीले यस प्रकारको अभियान सुरु गर्न
लागेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक निरजबहादुर
शाहीले नगरको शान्ति सुरक्षामा थप सुदृढ गर्न सो अभियान सुरु गरिएको बताउनुभयो
।
सो अभियानअन्तर्गत विराटनगरलगायत सीमावर्ती भारतीय क्षेत्रमा ठूलो सङ्ख्यामा सादा पोसाकका समेत प्रहरी परिचालन गरी निगरानी बढाउनाका साथै शङ्कास्पदलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ । यस्तै सवारी साधनको जाँचमा तीव्रता दिइने तथा विराटनगर प्रवेश गर्ने सम्पूर्ण नाकामा चौबिसै घन्टा प्रहरी परिचालन गरिने कार्यालयले जनाएको छ । रासस

No comments:
Post a Comment