
नेपालबाट कियर गिभरको नोकरीमा बहराइन आएको केहि महिना पछी अचानक ससुराको निधन भएको कारण घरमा आफ्ना बच्चाहरु बिचल्ली पर्ने भए पछी घर फर्कनको लागि निवेदन गर्दा घर मालिकले आफुले गरेको पारिश्रमिक पनि नदिदा, उनि बिचल्लीमा परेकी थिइन। मगर संघ बहराइनले दुतावास मार्फत रिपोर्ट गरि घर मालिक मार्फत पारिश्रमिक र पासपोर्ट दिलाई अहिले एयर टिकटको लागि सो रकम संघका वर्तमान अध्यक्ष श्री श्याम पुन मगर जीले पिडितलाइ हस्तांतरण गर्नु भएको थियो ।